तनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा मंगलबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
इँटा बोकेको ट्रक दुर्घटना चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्कर्पियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनले भने, ‘ठक्करपश्चात् स्कर्पियो सडकमै रहेको र ट्रक पुलको बीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो ।’
स्कर्पियोमा सवार चार जना सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले निकालिएको थियो ।
