जबरजस्ती करणी उद्योग कसुरमा एक जना पक्राउ

मंसिर १९, २०८१

हरिराम उप्रेती

One person arrested for the crime of forced labor industry

काठमाडौँ — १६ वर्षीय बालिकालाई जबरजस्ती करणी उद्योगको कसुर गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सोमबार बालिकालाई जबरजस्ती करणी प्रयास गरेको भन्दै पीडितको आमामार्फत आएको जाहेरी दरखास्तको आधारमा पालुङटार नगरपालिका–४ का ५५ वर्षीय धनबहादुर सुनारलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । 

आरोपित सुनारविरुद्ध बुधबार जवरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully