प्रदेश १ : तीन मन्त्रीसहित १३ निवर्तमान सांसद पराजित

देवनारायण साह

मोरङ — प्रदेश १ का बहालवाला तीन मन्त्रीसहित १३ जना निवर्तमान प्रदेश सांसद पराजित भएका छन् । यस प्रदेशमा मुख्यमन्त्री, ७ मन्त्री र निवर्तमान उपसभामुखसहित २७ जना निवर्तमान सांसद चुनावी प्रतिस्पर्धामा थिए ।

प्रदेश १ : तीन मन्त्रीसहित १३ निवर्तमान सांसद पराजित

जसमा मुख्यमन्त्री र तीन मन्त्रीहित १२ जना निवर्तमान सांसद निर्वाचित भइसकेका छन् । संस्कृति तथा पर्यटनमन्त्री खिनुलङ्वा लिम्बु र निवर्तमान उपसभामुख सरस्वती पोखरेलको अन्तिम मत परिणाम आउन बाँकी छ ।

स्वास्थ्यमन्त्री जनता समाजवादी पार्टीका जयराम यादव, कृषिमन्त्री माओवादी केन्द्रका झलकबहादुर मगर र यातायात व्यवस्था तथा सञ्चारमन्त्री नेकपा (एकीकृत समाजवादी)का उपेन्द्रप्रसाद घिमिरे पराजित भएका छन् । मोरङ ५(२) मा यादवलाई पराजित गर्दै कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, झापा ४(१) मा मगरलाई पराजित गरी एमालेका रामकृष्ण खनाल र मोरङ १(२) मा घिमिरेलाई पराजित गरी एमालेका खड्गबहादुर बस्नेत निर्वाचित भएका हुन् ।

निवर्तमान प्रदेश सांसद तथा निवर्तमान कांग्रेस संसदीय दलका नेता राजिव कोइराला सुनसरी २(२) मा, झापा ३(१) मा एमालेका बसन्तकुमार बानिया, तेह्रथुम १(२) मा तेजमान कन्दङ्बा, सोलुखुम्बु १(१) मा उत्तम कुमार बस्नेत, मोरङ ४(२) मा पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे र ओखलढुंगा १(१) मा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ पराजित भएका हुन् । निवर्तमान सांसद माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठ धनकुटा १(२), कुलप्रसाद साम्बा मोरङ १(१), पूर्णप्रसाद राजबंशी झापा ३(२) र एकीकृत समाजवादीकी सरिता थापा संखुवापराजित भएका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?