१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सर्लाही २(२) : कांग्रेसका कौशलकिशोर राय विजयी

ओमप्रकाश ठाकुर

सर्लाही — प्रदेशसभा अन्तर्गत सर्लाहीको क्षेत्र नम्बर २(२) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय विजयी भएका छन् ।

सर्लाही २(२) : कांग्रेसका कौशलकिशोर राय विजयी

रायले ९ हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई १ सय ७९ मतान्तरले पराजित गरेका हुन् ।

पराजित चौधरीले ९ हजार ४४७मत ल्याएका छन् । यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सांसद समेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले ८हजार ९४०मत प्राप्त गरे ।

मत गणनाको सुरुवातदेखि नै तीन जनाबीच कडा प्रतिस्पर्धा भइरहेको थियो । योसँगै जिल्लाको आठवटै प्रदेशको प्रत्यक्षतर्फको मतगणना सकिएको छ ।

प्रकाशित : मंसिर १०, २०७९ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?