कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसदीय दलको नेता नबनेसम्म प्रधानमन्त्रीको घोषणा गरेर केही हुँदैन : शेखर कोइराला

देवनारायण साह

मोरङ — मोरङ- ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता शेखर कोइरालाले संसदीय दलको नेता नबनेसम्म प्रधानमन्त्रीका लागि घोषणा गरेर केही नहुने बताएका छन् ।

संसदीय दलको नेता नबनेसम्म प्रधानमन्त्रीको घोषणा गरेर केही हुँदैन : शेखर कोइराला

प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र लिन विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा शुक्रबार आएका उनले अहिले धेरै क्षेत्रको मत रिणाम आउन र समानुपातिक सांसद छान्न बाँकी रहेको अवस्थामा प्रधानमन्त्रीको घोषणा गरेर हुन्छ भन्दै प्रतिप्रश्न गरेका हुन् ।

'पार्टी सभापतिलगायतका साथीहरूसँग भेटेर पार्टीको संसदीय दलको नेता बन्नेबारे परामर्श गरेर अघि बढ्छु,' कोइरालाले भने, ´अहिलेकै सत्ता गठबन्धन रहन्छ ।`

कोइरालाले यसपटकको चुनावमा राजनीतिक दलहरू भन्दा पनि दलहरूका केही नेताहरूप्रतिको वितृष्णाले अहिलेको मतपरिणाम आएको बताए । ´अहिलेको अवस्था आउनुमा सुशासन दिन नसक्नु, भ्रष्टाचार न्यूनीकरण गर्न नसक्नु, दण्डहीनताको अन्त्य नहुनु नै हो,` उनले भने, ´अहिलेको यो अवस्थामा सुधारका लागि साथीहरूसँग सल्लाह गरेर भूमिका निर्वाह गर्छु ।`

प्रकाशित : मंसिर ९, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?