सोलुखुम्बु — एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेससभा २ मा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् ।
उनले १० हजार १ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका नेता शिवबहादुर बस्नेतले ६ हजार ८ सय १५ मत ल्याएका छन् ।
एमालेका राजभण्डारीले उनका निकटतम प्रतिस्पर्धी बस्नेतलाई ३ हजार ३ सय १३ मतले पराजित गरेका हुन् । कुल १९ हजार ९ सय ४ मत खसेको यस प्रदेशसमा एमालेका राजभण्डारी दोश्रो पटक निर्वाचित भएका हुन् ।
उनी यसअघि पनि यो क्षेत्रबाट निर्वाचित भएर १ नम्बर प्रदेशको नेकपा एमालेको प्रमुख सचेतक बनेका थिए । सम्पन्न मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार महेश रानामगरले १ हजार ९०, राप्रपाका प्रेमहरी दाहालले ३ सय ४८, मंगोल नेशनल अर्गनाईजेसनका शान्तिमाया मगरले ८१ मत र नेमकिपाका कमलबहादुर मगरले ९० मत ल्याएका छन् । प्रदेशससभा १ तर्फ भने सत्ता गठबन्धनका गोम्बु शेर्पाले अग्रता लिएका छन् ।
