कास्की १(२) : एमालेका गुरुङ विजयी

मंसिर ७, २०७९

दीपक परियार

(पोखरा) — प्रदेशसभा तर्फ कास्की १(२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन् । कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले हराउँदै उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

बेदबहादुरले १२ हजार ६ सय ६१ मत ल्याउँदा दीपकले ११ हजार ७ सय ९४ मत ल्याए ।

निर्वाचित ५२ वर्षीय गुरुङ यसअघि कास्कीको मादी गाउँपालिका अध्यक्ष थिए । उनी राजनीतिमा आउनुअघि कला क्षेत्रमा आबद्ध थिए । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully