काठमाडौं-४ (२) बाट प्रदेशसभा सदस्यमा एमालेका जयराम थापा निर्वाचित

मंसिर ७, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं क्षेत्र नं. ४ (२) बाट बागमती प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका कुसुमकुमार कार्कीलाई पराजित गरेका हुन् ।

थापाले १० हजार ४१७ मत ल्याएका छन् । त्यस्तै, सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कार्कीले ८ हजार ३८२ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पुण्यलाल श्रेष्ठले ५ हजार १७७, नेपाल मजदुर किसान पार्टीका श्याम श्रेष्ठले ३४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन राउतले २६० मत पाएका छन् । 

कान्तिपुर

Link copied successfully