२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

काठमाडौँ — काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली ८७४३ मत ल्याई विजयी भएका छन् ।

काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार श्‍यामकुमार घिमिरेलाई १९४३ मतान्तरले पराजित गरेका हुन् । पराजित श्‍यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् ।

काठमाडौं-७ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा जित हात पारेको छ ।

यसअघि काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं-२ मा सोबिता गौतम विजयी भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी-२, काठमाडौं-६, चितवन-१ र २ तथा ललितपुर-३ मा अग्रस्थानमा रहेको छ ।

प्रकाशित : मंसिर ७, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?