२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

मुस्ताङमा कांग्रेसको विजयी जुलुस

काठमाडौँ — प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसले मुस्ताङमा विजयी जुलुस निकालेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली सोमबार निर्वाचित भएका हुन्।

मुस्ताङमा कांग्रेसको विजयी जुलुस

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये मुस्ताङबाट पहिलो मतपरिणाम आएको हो । २९ वर्षीय गौचनले एमालेका पूर्वसांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

सार्वजनिक मत परिणाम अनुसार गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । नवनिर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवं पूर्वसांसद रोमी गौचन थकालीका छोरा हुन् ।

२०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए । एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ८७ मत ल्याएका छन् ।

२०७४ मा मुस्ताङमा तत्कालीन वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएका थिए । रोमी गौचनले भने ३ हजार १ सय ८१ मत प्राप्त गरेका थिए । यसपटक योगेश कांग्रेस र माओवादी केन्द्र लगायत गठबन्धनको तर्फबाट साझा उम्मेदवार थिए ।

प्रकाशित : मंसिर ५, २०७९ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?