कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१५ स्थानमा मतदान स्थगित: निर्वाचन आयोग

२ दिनभित्र मतदानको विषयमा निर्णय गर्ने निर्देशन

काठमाडौँ — निर्वाचन आयोगले १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । आइतबार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गुल्मी, सुर्खेत, नवलपरासी, बाजुराका १५ स्थानमा मतदान स्थगित गरिएको बताएका छन् । 

१५ स्थानमा मतदान स्थगित: निर्वाचन आयोग

'मतदानलाई शान्तिपूर्ण र सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न खोजे पनि सुर्खेत, नवलपरासी, गुल्मी, बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगन हुन पुगेको छ । आयोगले सबै मतदान अधिकृतहरुलाई आज मध्यान्ह निर्देशन दिँदै, मतदान केन्द्रमा सामान्य विवादको कारण आज स्थगन भएको स्थानमा सुचारु गर्न प्रयत्न गरेको थियो' थपलियाले भने 'साँझ ५ बजेसम्म स्थगन भएको सूचना टाँस नगर्न, आयोगको पूर्व सहमति लिएर मात्रै स्थगन भएको सुचना टाँस गर्न निर्देशन दिएको थियो ।' थपलियाले स्थगित भएको स्थानमा २ दिनभित्र मतदान गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएको बताए ।

'केही जिल्लाको मतदान केन्द्रमा केही कारणवस मतदान कार्य रोकिएकोमा राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि तथा कर्मचारीसँग छलफल गरि पुन सूचारु गरिएको थियो । त्यस क्रममा राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधिहरुको संयमता र सौहाद्रताका लागि आयोग धन्यवाद ज्ञापन गर्दछ । आयोगले जुन जुन ठाउँमा स्थगत भएको छ त्यहाँको तथ्यगत विवरणको आधारमा जनताको अभिमतलाई कदर मतदान पुन: गर्न आवश्यक भएको बाध्यता महशुस भयो' उनले भने 'स्थगन वा रद्द भएको मतदान केन्द्रमा बढी तयारी गरेर दुई दिनभित्र पुन मतदान गराउने निर्णय गरिसक्न उपयुक्त मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले दिई सकेको छ ।'

प्रकाशित : मंसिर ४, २०७९ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×