कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मल ल्याउन सकिएन, गल्ती भयो : कांग्रेस नेता केसी

कृष्ण थापा

नुवाकोट — नुवाकोट क्षेत्र नम्बर २ बाट कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुननरसिंह केसीले किसानले खेतीपातीमा हाल्ने रासायनिक मल नपाएकोमा आफ्नो र सरकारको तर्फबाट गल्ती भएको बताएका छन् ।

मल ल्याउन सकिएन, गल्ती भयो : कांग्रेस नेता केसी

नुवाकोटमा धानबाली भित्र्याएपछि आवश्यक पर्ने रासायनिक मलको अभाव छ । अहिले आमकिसान मतदाताले मल नपाएको गुनासो प्रत्येक उम्मेदवारमाथि पोख्न थालेपछि सोमबार लोकतान्त्रिक वामगठबन्धनको बेलकोटगढी नगरापालिका वडा नम्बर–७ स्थित महादेवफाँटमा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै नेता केसी अघिल्लो जनप्रतिनिधिलाई लक्षित गर्दै उनले भने,‘मल ल्याउन कोसिस गरेनन् । मोलमलाइतिर लाग्यो ।’

नेता केसीले थपे,‘हाम्रै सरकार पनि कता अल्मलियो । मल ल्याउन सकिएन । यो गल्ती भयो ।’ यो वर्ष ३० हजार मेट्रिकटन २/४ दिनभित्रमा मल आइपुग्ने उनले बताए । ‘यो क्षेत्रमा ५ वर्ष को थिए ? म प्रतिनिधि थिइनँ । हामीलाई गाली गरे पाप लाग्छ प्रतिनिधि थिइनँ,’ नेता केसीले भने । नेपाली जनताको लामो संघर्षपछि प्राप्त संविधानको रक्षा गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् ।

‘संविधानलाई ध्वस्त बनाउने, जनताले पाएको हक र अधिकार खोस्ने जुन दुष्प्रयास भयो,’ नेता केसीले भने,‘अहिले भएको गठबन्धन राष्ट्रिय स्तरबाट भएको हो ।’ यो निर्वाचन भनेको कसैलाई जिताउने र हराउने निर्वाचन नभएर भावी भविष्यलाई कुन बाटोमा लिएर जाने भन्ने निर्वाचन भएको उनको भनाइ थियो । उनले बेलकोटगढी नगरपालिकाका लागि पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका एकीकृत परियोजना ल्याउने बताए ।

प्रकाशित : कार्तिक २८, २०७९ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?