रुखबाट खसेर पक्षाघात भएका वन हेरालु बलरामले पुरानो हिृवलचेयर बिताएको १६ वर्षको कथा अब बिसाउँदै छन्
चितवन — खैरहनी नगरपालिका–१३ कुमरोजको गवै गाउँका बलराम भण्डारी घरको आँगन नकटेको ठ्याक्कै १६ वर्ष भयो । पक्षाघातले पीडित बलरामको मन भने कहाँकहाँ डुलिहिँड्थ्यो । तर उनको शरीर थियो, घरभित्रै । आकाश हेर्न, चराहरुको गतिविधि हेर्न उनी पुरानो हिृवलचेयरका चक्का हत्केलाका छाला दुख्नेगरी धकेलेर आँगनसम्म पुग्थे । यताउति नियाल्थे । तर आँगनबाट पर जान सक्ने अवस्थामा उनी थिएनन् । उनले सुनाए, ‘अलि परसम्म जाउँ भन्ने चाहना मनैमा दबाएर राखेँ ।’
चितवन — खैरहनी नगरपालिका–१३ कुमरोजको गवै गाउँका बलराम भण्डारी घरको आँगन नकटेको ठ्याक्कै १६ वर्ष भयो । पक्षाघातले पीडित बलरामको मन भने कहाँकहाँ डुलिहिँड्थ्यो । तर उनको शरीर थियो, घरभित्रै । आकाश हेर्न, चराहरुको गतिविधि हेर्न उनी पुरानो हिृवलचेयरका चक्का हत्केलाका छाला दुख्नेगरी धकेलेर आँगनसम्म पुग्थे । यताउति नियाल्थे । तर आँगनबाट पर जान सक्ने अवस्थामा उनी थिएनन् । उनले सुनाए, ‘अलि परसम्म जाउँ भन्ने चाहना मनैमा दबाएर राखेँ ।’
तर अब यी दुःखबाट उनले छुटकरा पाएका छन् । किनकि उनले १६ वर्ष पुरानो हिृवलचेयरको सट्टा स्विच थिचेका भरमा चल्ने इलेक्ट्रिक हृविलचेयर उपहार पाएका छन् । अनुहारभरि खुसी ल्याएर उनले भने, ‘हृविलचेयर बदले पनि मलाई त चोला नै बदलेझैं भयो ।’ नयाँ हिृवलचेयर सजिलै गुड्ने भएकाले उनलाई घरभन्दा अलिक परसम्म जान सजिलो भएको छ । उनले सुनाए, ‘अब सरर अलि परसम्म गएर फेरि तत्कालै फर्केर घर आउँछु भन्ने लागेको छ । यो उपहार दिनेमाथि भगवान् पशुपतिनाथको सधै कृपा होस् ।’
रुखबाट लडेर पक्षाघात हुनुअघिसमम बलरामको जीवन अर्कै थियो । पक्षाघात भएपछि हातले जोड लगाएपछि मात्रै थोरै गुड्ने पुरानो शैलीको हिृवलचेयरमा यताउति गर्दा उनको जीवन अर्कै थियो । अब इलेक्ट्रिक हृविलचेयर पाएपछिको जीवन भने अर्कै हुन्छ होला भन्ने उनले सोचिरहेका छन् । कुमरोजवासीले ‘पञ्चायत वन’का नाममा ४० को दशकबाटै गाउँ छेउको वनको संरक्षण गर्दै आएका थिए । राप्ती खोला यो वन छिचोलेर गाउँ पस्दैन, आडको वनले बाढी पनि रोक्छ भन्ने विश्वास थियो ।
कुमरोज मध्यवर्ती सामुदायिक वन घोषणा भएपछि २०५५ मा उनी यसैको वन हेरालु भए । घर छेवै बाटोपारिको वन संरक्षणको काममा उनी यसरी लागिपरे कि उनी हर बिहान आँखा खुल्नासाथ वनतिर हिँडिहाल्थे । चोरी सिकारी र तस्करीका काम रोक्नु र वन संरक्षण गर्नु उनको नियमित काम थियो । २०६५ साल चैत्र २२ । उनी सधैंझैं एकाबिहानै आँखा मिच्दै वन छिरेका थिए । एक किलोमिटरजति भित्र छिरेपछि उनले मान्छेको पाइलाको ताजा डोब देखे । त्यतिबेला उनले सोचेका थिए, 'विष हालेर माछा मारेछन् क्या हो' । उनले यस्तो किन पनि सोचेका थिए भने खोला छेउछाउमा मरेका माछा पनि उनले देखेका थिए । त्यतिबेला गैंडा चोरी शिकारीको बिगबिगी थियो । त्यसैले उनले गैंडा चोरी शिकारी पो आएका छन कि भनेर पनि सोचे ।
उनी फटाफट छेवैको रुखमा चढेर पर परसम्म नियाले । केही नदेखेपछि उनी रुखको अझै माथी चढे । त्यति नै बेला उनलाई आकाश खसेजस्तो भयो । उनले सुनाए, ‘खुट्टा छाडेर हाँगो समाउन पुगेँ । दुर्भाग्य हाँगो त सुकेको रहेछ । मेरो भारले भाच्ची हाल्यो । म भुईमा बजारिएँ ।’ बलरामका अनुसार त्यतिबेला तुरुन्तै उनलाई कम्मरमाथीको भाग नमज्जाले दुख्यो । तर उनले होस भने गुमाएका थिएनन् । बरु खुट्टा चल्न छाडेको थियो । उनले त्यो समय सम्झिदै सुनाए, ‘मेरा खुट्टा नै आफ्नै हुन की हैनन् भन्ने भ्रम भयो ।’त्यत्ति बेला भर्खरै घाम झुल्केको थियो । उनी एकैछिन जोड जोडले कराए पनि । तर सुन्ने कसले ?
केही बेरपछि जंगल आएका स्थानियले उनको बोली सुने । वनका तत्कालिन अध्यक्ष राजु सिलवालसहितको टोली घटनास्थल आईपुगे । उनलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याए । त्यहाँ उपचार हुन नसक्ने भएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्याए । त्यहाँबाट उनलाई जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा पठाए । हप्तादिनपछि उनको शल्यक्रिया भयो । तर कम्मर मुनीको भाग नचल्ने भयो । बलरामले सुनाए, ‘तत्काले अप्रेशन गर्न पाएको भए तैबिसेक केही हुन्थ्यो कि !’त्यहाँ उपचार सकेपछि उनले केही समय काभ्रेको साँगास्थित स्पाइनल ईन्जुरी रिहृयाबिलिटेसन सेन्टर पुगेर थप उपचार गरे । त्यसपछि बलरामको जीवन हिृवलचियरमा कैद भयो । ‘डाक्टरले अब नयाँ तरिकाले बाँच्नुपर्छ भने । अनि म नयाँ हिृवलचियर लिएर घर आए,’ उनले भने ।
हिृवलचियरमा बस्नुपर्ने भएपछि उनको संसार खुम्चियो । उनी आँगनभन्दा पर खासै गएनन् । दिसा पिसाबको हर दिनको समस्या, बाहिर जान नपाउँदाको उकुसमुकुस अनि स्वास्थ्यमा बेला बखत आईपर्ने अनेकन अप्ठ्याराहरुसँग उनी हर दिन जुधीरहे । मासिक २२ सय रुपैँयाको वन हेरालुको जागिर खाने बलरामसँग बचत पनि केही थिएन । झन् त्यसमाथी ससाना बालबच्चा हेर्नुपर्ने दायित्व । धन्न उपचार गर्दा लागेको एक लाख ६७ हजार रुपैयाँ वन समितिले बेहोरीदियो र उनलाई राहत भयो ।
दैनिन्दनको खर्चको अभाव, पुरानो बन्दै गएको घर र बर्षाका बेला छानाबाट चुहिने तप तप पानी । उनी चिन्तै चिन्तामा थिए । स्थानिय संघ संस्थाको सहयोगमा उनको जस्ताको छानोसहितको सानो घर बनेपछि भने उनलाई राहत भयो । सुरु सुरुमा ठिक ठिकै भएको हिृवलचियर विस्तारै पुरानो बन्दै गएपछि बलराम पनि चिन्तामा थिए । नयाँ हिृवलचियर किन्ने रकम र उपाय दुवै उनीसँग थिएन । चुनावका बेला मत माग्न आएका सबैजसो नेतासँग उनले नयाँ हिृवलचियरको आशा सुनाए । 'हुन्छ हुन्छ' भनेका कुनै पनि नेता चुनावपछि फर्केर आएनन् ।
खैरहनी पर्साका समाजेवी मुरलीप्रसाद गजुरेल एक दिन उनको समस्या सुनेर इलेक्ट्रिक हृवील चीयर उपलब्ध गराउने कुरा सुनाए । पूर्वी चितवनको खैरहनी माध्यामिक विद्यालयमा एक करोड रुपैयाँ राशीको जन्मोत्सव तथा स्मृती छात्रवृत्ति अक्षय कोष स्थापना गरेर गरिब तथा जेहेन्दार विधार्थीहरुको उच्च शिक्षामा सहयोग पुर्याएका गजुरेलका कुराले बलराम आशावादी बने । गजुरलले बलरामलाई सहयोग दिलाउन धेरै तिर गरे । अमेरिका बस्ने शोभा पाण्डे सहयोग गर्न तयार भइन् । शोभाको छोरी समिक्षा र भाइ सुजनको जेठ २ गते परेको जन्मदिनमा एक लाख २० हजार रुपैयाँ पर्ने ईलेक्ट्रिक हिृवलचियर बलरामले हस्तान्तरण गरे ।
एक घन्टामा फुल चार्ज हुने र २० किलोमिटरसम्म गुडन मिल्ने हिृवलचियर पाएपछि बलरामलाई अब नयाँ जीवन सुरु भएजस्तो भएको छ । अगाडीको भाग एक ठाउँमा भाँच्चिएपछि वेल्डिङ गरेर काम चलाउ बनाएको हिृवलचियर हेर्दै बलरामले भने, ‘नयाँ पाए पनि त्यसलाई त म छोडीहाल्दिन । घरमा बस्दा त्यसैमा बस्छु । बाहिर हिँड्नु परे नयाँमा जाउँला ।’
