बक्स अफिसमा ‘मोआना’ काे कमजोर ओपनिंग

करिब २५ करोड डलर बजेटको यस फिल्मले पहिलो सप्ताहान्तमा अमेरिका र क्यानडाबाट ४ करोड ३० लाख डलरको मात्र टिकट बेच्न सकेको छ ।

असार ३०, २०८३

एपी

'Moana' has a poor opening at the box office

लस एन्जलस — वाल्ट डिज्नी कम्पनीको बहुप्रतीक्षित लाइभ–एक्सन ‘मोआना’ घरेलु (उत्तर अमेरिकी) बक्स अफिसमा पहिलो स्थानमा रहन सफल भए तापनि यसको सुरुवाती व्यापार भने अनपेक्षितरूपमा निकै कमजोर देखिएको छ ।

करिब २५ करोड डलरको बीग बजेटमा निर्माण गरिएको यस फिल्मले प्रदर्शनको पहिलो सप्ताहान्तमा अमेरिका र क्यानडाबाट मात्र ४ करोड ३० लाख डलरको मात्र टिकट बिक्री गर्न सफल भएको छ ।

यस फिल्मले ५० वटा अन्तर्राष्ट्रिय बजारहरूबाट ५ करोड २० लाख डलर संकलन गर्दै विश्वव्यापी रूपमा ९ करोड ५० लाख डलरको ओपनिङ गरेको छ ।

थोमस केलद्वारा निर्देशित यस फिल्ममा ड्वेन जोनसन (मउईको भूमिकामा) र क्याथरिन लागा‘आया (मोआनाको भूमिकामा) मुख्य भूमिकामा छन् । क्याथरिनको अभिनयको प्रशंसा भए तापनि मूल एनिमेटेड फिल्मकै हुबहु नक्कल (शट–फर–शट रिमेक) गरिएको भन्दै समीक्षकहरूबाट यसले कमजोर प्रतिक्रिया पाएको छ ।फिल्म समीक्षा साइट ‘रोटन टोमेटोज’ मा यसले मात्र ३४ प्रतिशत मात्र रेटिङ पाएको छ ।

समीक्षकहरूको तुलनामा दर्शकहरूको प्रतिक्रिया भने केही सकारात्मक छ । फिल्म हेर्ने ६६ प्रतिशत महिला दर्शकहरूमध्ये ६३ प्रतिशतले आफ्ना साथीहरूलाई फिल्म हेर्न सिफारिस गर्ने बताएका छन् । अभिभावकहरूमध्ये ७८ प्रतिशतले यसलाई अरू अभिभावकलाई सिफारिस गर्ने बताएका छन् ।

'Moana' has a poor opening at the box office

प्रतिस्पर्धा र बजारको अवस्था

डिज्नीका यसअघिका लाइभ–एक्सन रिमेकहरू जस्तै ‘लिलो एन्ड स्टिच’, ‘द लायन किङ’ र ‘ब्युटी एन्ड द बिस्ट’ ले ४१ अर्ब डलरभन्दा बढी कमाइसकेका छन् । तर, गत वर्ष ४२ करोड ५ लाख डलरको विश्वव्यापी कमाइ गरेको ‘स्नो हृवाइट’ ले जस्तै ‘मोआना’ को सुरुवात पनि कमजोर देखिएको छ ।

बजार विश्लेषक पल डरगाराबेडियनका अनुसार बक्स अफिसमा ‘पीजी’ सर्टिफिकेट पाएका फिल्महरूको बाढी आउनु यसको कमजोर व्यापारको मुख्य कारण हो । बजारमा मोआनासँगै अन्य फ्यामिली फिल्महरू पनि प्रतिस्पर्धामा छन् ।

दोस्रो स्थानमा रहेको ‘मिनियन्स एन्ड मोन्स्टर्स’ ले यो साता ४२ करोड ५ लाख डलर कमायो । तेस्रो स्थानमा रहेको ‘टोय स्टोरी ५’ ले चौथो सातामा पनि बलियो पकड बनाउँदै ४१ करोड ८५ लाख डलर कमाइसकेको छ । यसको कुल विश्वव्यापी कमाइ ८७ करोड ९१ लाख डलर पुगिसकेको छ ।

आर–रेटेड हरर जनराको ‘इभिल डेड बर्न’ ले चौथो स्थानमा रहँदै १ करोड ३७ लाख डलरको ओपनिङ गरेको छ, जुन यस श्रृंखलाका अघिल्ला फिल्महरूको तुलनामा कमजोर हो ।

जर्ज वासिङ्टनको जीवनीमा आधारित एन्जेल स्टुडियोजको फिल्म ‘योङ वासिङ्टन’ ले आफ्नो दोस्रो सातामा ६४ लाख डलर कमाउँदै पाँचौं स्थान सुरक्षित गर्‍यो । ओलिभिया वाइल्डको च्याम्बर ड्रामा ‘द इन्भाइट’ ले पहिलो सातामा ५७ लाख डलर कमाएको छ भने घरेलु टप–१० बाट बाहिरिए पनि पप स्टार माइकल ज्याक्सनको बायोपिक ‘माइकल’ ले विश्वव्यापी रूपमा १ अर्ब डलरको आँकडा पार गरेको छ । यो यस वर्ष १ अर्ब कमाउने दोस्रो फिल्म हुनुका साथै इतिहासकै सबैभन्दा बढी कमाउने ‘म्युजिकल बायोपिक’ बनेको छ ।

फिल्मको कमाईमा बढोत्तरी 

यो वर्षको घरेलु बक्स अफिस कलेक्सन हालसम्ममा करिब ५ अर्ब २० करोड डलर पुगेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १०.७ प्रतिशतले बढी हो । मे र जुन महिना उत्कृष्ट रहे पनि जुलाईमा केही फिल्महरू जस्तै ‘सुपरगर्ल’ फ्लप भएका कारण व्यापार सुस्त देखिएको छ ।

यद्यपि, आगामी साताहरूमा रिलिज हुन लागेका क्रिस्टोफर नोलनको ‘द ओडिसी’ र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले अगस्टको बक्स अफिसमा आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ ।

एपी

Link copied successfully