सुशान्त केसीलाई उत्कृष्ट पप गायक अवार्ड

रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘जि छन्त मतिना’बाट केसीले उक्त अवार्ड हात पारेका हुन् ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

Sushant KC wins Best Pop Singer Award

काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट पप गायक अवार्ड सुशान्त केसीले प्राप्त गरेका छन् ।

पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘जि छन्त मतिना’बाट केसीले उक्त अवार्ड हात पारेका हुन् ।

नेपाली पप र आर एन्ड बी संगीत क्षेत्रका लोकप्रिय गायक, गीतकार तथा संगीतकार केसी काठमाडौंमा जन्मिएका हुन् । सानैदेखि गिटार बजाउने र आफ्नै धुन कोर्न सौखिन उनले सन् २०१६ मा ‘आमा’ बाट औपचारिक सांगीतिक यात्राको सुरुवात गरे । उनलाई नेपाली संगीत बजारमा चर्चाको शिखरमा पुर्‍याउने गीत भने ‘सारंगी’ थियो । उनका बार्दली, सारंगी, रिसाउने भए, झ्यालबाट, मायामा, आमा, साथी,  बेहोस, सताएर, गुलाबी, मुस्कुराएर र मौसम जस्ता गीतहरू लोकप्रिय छन् । 

कान्तिपुर

Link copied successfully