रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा गीत ‘आज्ञा’बाट उनले अवार्ड जितिन् ।
काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ मा उत्कृष्ट पप गायिकाको अवार्ड रचना दाहालले हात पारेकी छन् ।
पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा गीत ‘आज्ञा’बाट उनले अवार्ड जितिन् ।
नेपाली इन्डी-पप क्षेत्रकी अब्बल गायकी भएकी रचना झापाकी हुन् । सानै उमेरदेखि काठमाडौंलाई कर्मथलो बनाएर संगीत साधनामा सक्रिय रचनाले सन् २०१९ मा सार्वजनिक गीत ‘भुमरी’बाट औपचारिक सांगीतिक यात्राको सुरुवात गरेकी थिइन् । अब्बल लेखन र गाउने फरक शैलीका कारण उनी लोकप्रिय छिन् । उनका दागबत्ती, हे भगवान्, सोच, सपनाको राजा, असम्भव लगायतका गीतले समाजका कतिपय अनुत्तरित प्रश्न र मानव मनोविज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्छन् ।
