उत्कृष्ट गीतकार अवार्ड नारायणकुमार आचार्यलाई

रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा आचार्यले ‘सुन्छौ मलाई कसम’ गीतबाट उक्त अवार्ड प्राप्त गरेका हुन् ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

Best Lyricist Award to Narayan Kumar Acharya

काठमाडौँ — आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट गीतकारको अवार्ड नारायणकुमार आचार्यले हात पारेका छन् । पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा आचार्यले ‘सुन्छौ मलाई कसम’ गीतबाट उक्त अवार्ड प्राप्त गरेका हुन् ।

उत्कृष्ट गीतकारको विधामा आचार्यसँगै 'झरीले कतै' गीतका लागि राजुबाबु श्रेष्ठ, 'न ज्युन सकेँ न मर्न' का लागि प्रतिमा गुरुङ, 'अन्तिम रात' का लागि मनोज भण्डारी र 'लाखौं लाख पटक' गीतका लागि पुष्कर पन्त मनोनयनमा परेका थिए ।

कान्तिपुर

Link copied successfully