Live

आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२

रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा उत्कृष्ट गीतकार/संगीतकार, पार्श्व गायक/गायिका, आधुनिक गायक/गायिका, लोकगायक/गायिका, उत्कृष्ट पपगायक/गायिका, उत्कृष्ट ब्यान्डलाई अवार्ड वितरण गरियो ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

Eighth Xtreme Energy Radio Kantipur National Music Award-2082

18 Updates

(08:54 PM)

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ समापन

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ समापन भएको छ । पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट गायक/ब्यान्डका साथै लाइफ टाइम अचिभमेन्ट अवार्डबाट कलाकारलाई सम्मानित गरियो ।

(07:52 PM)

द एक्स्ट्रिम एनर्जेटिक पर्फमेन्स अवार्ड जोन चाम्लिङ राई

द एक्स्ट्रिम एनर्जेटिक पर्फमेन्स अवार्ड जोन चाम्लिङ राईले प्राप्त गरेका छन् ।

The Extreme Energetic Performance Award John Chamling Rai

(07:49 PM)

पिपुल्स च्वाइस अवार्ड उजन शाक्यलाई

पिपुल्स च्वाइस अवार्ड उजन शाक्यले हात पारेका छन् । शाक्यले नै उत्कृष्ट आरएन्डबी/हिपअप गायकको अवार्ड उचालेका थिए ।

 

People's Choice Award goes to Ujan Shakya

(07:43 PM)

उत्कृष्ट आरएन्डबी/हिपअप गायकको अवार्ड उजन शाक्यलाई

उत्कृष्ट आरएन्डबी/हिपअप गायकको अवार्ड उजन शाक्यले उचालेका छन् ।

Ujan Shakya wins Best R&B Hip-Hop Award

(07:06 PM)

नीर शाहलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को लाइफ टाइम एचिभमेन्ट अवार्ड अभिनेता तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको छ । पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औँ वार्षिकोत्सवको अवसरमा शाहलाई एक लाख राशीसहित उक्त अवार्डबाट सम्मानित गरियो ।

Lifetime Achievement Award to Neer Shah

(06:59 PM)

उत्कृष्ट आधुनिक गायिकाको अवार्ड रेश्मा पुनलाई 

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट आधुनिक गायिकाको अवार्ड रेश्मा पुनले हात पारेकी छन् । पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औँ वार्षिकोत्सवको अवसरमा ‘मायाका गीत’बाट पुनले उक्त अवार्ड हात पारेकी हुन् ।

Reshma Pun wins Best Modern Singer award

(06:55 PM)

उत्कृष्ट आधुनिक गायकको अवार्ड शिव परियारलाई

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट आधुनिक गायकको अवार्ड शिव परियारले हात पारेका छन् । पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको२८औँ वार्षिकोत्सवको अवसरमा ‘तिमी अर्कैको भइदियौ’बाट परियारले उक्त अवार्ड हात पारेका हुन् ।

Best Modern Singer Award goes to Shiva Pariyar

(06:49 PM)

उत्कृष्ट ब्यान्डको अवार्ड अभया एन्ड द स्टिम इन्जिन्सलाई

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट ब्यान्डको अवार्ड अभया एन्ड द स्टिम इन्जिन्सले उचालेको छ । पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औँ वार्षिकोत्सवको अवसरमा ब्यान्डले गीत ‘हे साइँला’बाट उक्त अवार्ड हात पारेको हो । यो गीतको स्वर तथा कम्पोज अभया सुब्बाको रहेको छ ।

Best Band Award goes to Abhaya and the Steam Engines

(06:25 PM)

सुशान्त केसीलाई उत्कृष्ट पप गायकको अवार्ड

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट पप गायकको अवार्ड सुशान्त केसीले प्राप्त गरेका छन् । पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औँ वार्षिकोत्सवको अवसरमा गीत ‘जि छन्त मातिना’बाट केसीले उक्त अवार्ड हात पारेका हुन् ।

Sushant KC wins Best Pop Singer award

(06:21 PM)

उत्कृष्ट पप गायिकाको अवार्ड रचना दाहाललाई

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट पप गायिकाको अवार्ड रचना दाहालले हात पारेकी छन् । कान्तिपुर रेडियोको पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित २८औँ वार्षिकोत्सवको अवसरमा गीत ‘आज्ञा’बाट उक्त अवार्ड हात पारेकी हुन् ।

Rachana Dahal wins Best Pop Singer award

(06:15 PM)

जोन चाम्लिङ राईलाई उत्कृष्ट पार्श्व गायकको अवार्ड

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट पार्श्व गायकको अवार्ड जोन चाम्लिङ राईले हात पारेका छन् । पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औँ वार्षिकोत्सवको अवसरमा ‘माया गर्नु ल’ गीतबाट राईले उक्त अवार्ड प्राप्त गरेका हुन् ।

John Chamling Rai wins Best Playback Singer award

(05:18 PM)

झुमा लिम्बूलाई उत्कृष्ट पार्श्व गायिकाको अवार्ड 

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट पार्श्व गायिकाको अवार्ड झुमा लिम्बूले हात पारेकी छन् । कान्तिपुर रेडियोको पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित २८औँ वार्षिकोत्सवको अवसरमा ‘काफ्ले’ गीतबाट लिम्बुले उक्त अवार्ड प्राप्त गरेकी हुन् ।

Jhuma Limbu wins Best Playback Singer award

(05:16 PM)

उत्कृष्ट लोक गायकको अवार्ड अर्जुन सापकोटालाई

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट लोकगायकको अवार्ड अर्जुन सापकोटाले हात पारेका छन् । कान्तिपुर रेडियोको पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित २८औँ वार्षिकोत्सवको अवसरमा ‘झलिको’बाट सापकोटाले उक्त अवार्ड हात पारेका हुन् ।

Arjun Sapkota wins Best Folk Singer award

(05:12 PM)

देवी घर्ती मगरलाई उत्कृष्ट लोक गायिकाको अवार्ड

आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट लोक गायिकाको अवार्ड देवी घर्ती मगरले हात पारेकी छन् । कान्तिपुर रेडियोको पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित २८औँ वार्षिकोत्सवको अवसरमा ‘यानिमाया’बाट उक्त अवार्ड हात पारेकी हुन् ।

(05:01 PM)

गायिका समृद्धि राई सांगीतिक प्रस्तुति दिँदै

काठमाडौं- आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२ को अवसरका गायिका समृद्धि राईले सांगीतिक प्रस्तुति दिँदैछिन् ।

Singer Samriddhi Rai giving a musical performance

(04:54 PM)

उत्कृष्ट संगीत निर्देशक अवार्ड न्ह्यु बज्राचार्यले हात पारेका छन् 

काठमाडौं- आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट संगीत निर्देशक अवार्ड न्ह्यु बज्राचार्यले हात पारेका छन् ।

कान्तिपुर रेडियोको पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित २८औँ वार्षिकोत्सवको अवसरमा बज्राचार्यले गीत 'कस्तो नशा' बाट उक्त अवार्ड प्राप्त गरेका हुन् ।

Nhyu Bajracharya has won the Best Music Director Award.

(04:49 PM)

उत्कृष्ट गीतकारमा नारायणकुमार आचार्य

काठमाडौं- आठौं एक्सट्रिम इनर्जी रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२ को उत्कृष्ट गीतकारको अवार्ड नारायणकुमार आचार्यले हात पारेका छन् ।

कान्तिपुर रेडियोको पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित २८औँ वार्षिकोत्सवको अवसरमा आचार्यले ‘सुन्छौ मलाई कसम’ गीतबाट उक्त अवार्ड प्राप्त गरेका हुन् ।

Narayan Kumar Acharya wins Best Lyricist

(04:43 PM)

उत्कृष्ट नवगायक अवार्ड दिलेश्वर परियारलाई

उत्कृष्ट नवगायक अवार्ड दिलेश्वर परियारले पाएका छन् । गीत मुटु जलेपछिका लागि उनले उक्त अवार्ड पाएका हुन्।

Best New Singer Award: Dileshwor Pariyar

कान्तिपुर

Link copied successfully