काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा अन्तिम २४ प्रतिस्पर्धीलाई प्रतियोगी नम्बर प्रदान गरिएको हो ।
काठमाडौँ — मिस नेपाल आयोजना गर्ने संस्था ‘द हिडन ट्रेजर’ले मिस नेपाल २०२६ का अन्तिम प्रतिस्पर्धी सार्वजनिक गर्दै उनीहरुलाई स्यास वितरण गरेको छ ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा अन्तिम २४ प्रतिस्पर्धीलाई प्रतियोगी नम्बर प्रदान गरिएको हो । यो पटक विभिन्न पेसा र क्षेत्रका प्रतियोगीहरु मिस नेपाल २०२६ मा प्रतिस्पर्धा गर्दैछन् । केही डाक्टर छन् त केही अधिवक्ता । कसैले नेपाललाई विश्व मञ्चमा प्रतिनिधित्व गरिसक्यो त कहिले अन्य केही ताज नै पहिसकेका पनि छन् ।
ईशा सुवेदी, प्रनिशा खनाल, युक्ता पौडेल, अन्शु कुँवर, संगीता पौडेल, श्रद्धा अधिकारी, कशिश सुब्बा, मानश्वी शर्मा, सुष्मा भण्डारी, प्रतिष्ठा आचार्य, आर्या निशान्त, आयुष्मा केसी खत्री, शितांशु ढकाल, प्रतिमा खड्का, प्रेमा लामगाडे, महिमा पन्त, दीपमाला ढकाल, सिजा श्रेष्ठ, विभूषा बस्नेत, स्वीकृति ज्ञवाली, चाँदनी श्रेष्ठ, श्रीयषी श्रेष्ठ, अर्भिसा थापा र रचना भट्टराई यो पटक मिस नेपाल ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।
दीपमाला त मिस नेपाल हङकङ इन्टरनेश्नलसमेत हुन् । कशिश सुब्बाले अन्तर्राष्ट्रिय मञ्चमा १८ वर्षको उमेरमै नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् । प्रनिशा सिभिल इन्जिनियर हुन् भने प्रेमाले पनि विश्व मञ्चमा नेपाललाई प्रतिनिधित्त्व गरिसकिन् । रचना अधिवक्ता हुन् भने शितांशु पेसाले डाक्टर हुन् । सुष्मा पनि अधिवक्त हुन् ।
मिस नेपालको अन्तिम फिनाले आगामी साउन २३ मा द प्लाजामा आयोजना हुनेछ ।
