राजनीतिक ध्रुवीकरणको बारेमा बनेको ‘फिओर्ड’ ले कान्समा जित्यो पाल्मे डी’ओर

यस फिल्ममा सेबास्टियन स्टान र रेनाते रेनस्भे मुख्य भूमिकामा छन् । यस फिल्मले रोमानियाबाट नर्वे बसाइँ सरेको एक दम्पत्तीको कथा भन्छ । जसमा आफ्ना बच्चालाई ‘पिटेको’ आरोप लागेपछि नर्वेको बाल सेवा कार्यालयले ती दम्पत्तीलाई सन्तानबाट अलग गरिदिन्छ ।

जेष्ठ १०, २०८३

एपी

'Fiord', a film about political polarization, wins Palme d'Or at Cannes

कान्स, फ्रान्स — रोमानियाली निर्देशक क्रिस्चियन मुन्जियुको नर्वे–केन्द्रित राजनीतिक ध्रुवीकरणसम्बन्धी फिल्म ‘फियोर्ड’ ले ७९ औं क्यान्स फिल्म फेस्टिभलको सर्वोच्च पुरस्कार पाल्मे डी’ओर जितेको छ । यो मुन्जियुको दोस्रो पाल्मे डी’ओर हो । दोहोरो पाल्मे डी’ओर जित्ने उनी दशौं निर्देशक पनि भएका छन् । यसअघि उनको फिल्म ‘फोर मन्थस्, थ्री विक्स एन्ड टू डेज’ का लागि सन् २००७ मा यो पुरस्कार जितेका थिए । त्यसैगरी, उनकै फिल्म ‘वियोन्ड द हिल्स’ ले सन् २०१२ मा उत्कृष्ट पटकथा र ‘ग्र्याजुएसन’ ले सन् २०१६ मा उत्कृष्ट निर्देशकको कान्स जितेका थिए ।

शनिबार साँझ सम्पन्न कान्स समारोहमा ‘फियोर्ड’ ले व्यापक प्रशंसा पायो । यस फिल्ममा सेबास्टियन स्टान र रेनाते रेनस्भे मुख्य भूमिकामा छन् । यस फिल्मले रोमानियाबाट नर्वे बसाइँ सरेको एक दम्पत्तीको कथा भन्छ । जसमा आफ्ना बच्चालाई ‘पिटेको’ आरोप लागेपछि नर्वेको बाल सेवा कार्यालयले ती दम्पतीलाई सन्तानबाट अलग गरिदिन्छ । निर्देशक मुन्जियुले फिल्मलाई ‘कट्ट वामपन्थी’ को अवधारणामा भनेको यस कथालाई कान्समा निकै रुचाइयो ।

‘आज समाज विभाजित छ, ध्रुवीकृत छ, कट्टर बन्दै गईरहेको छ’ पाल्मे डी’ओर अवार्ड थापेपछि निर्देशक मुन्जियुले भने, ‘यो फिल्म कुनै पनि प्रकारको रुढीवादविरुद्धको प्रतिज्ञा हो । यो हामीले बारम्बार भन्दै आएका ट्रमा, समावेशीकरण र समानुभूति जस्ता कुराहरुप्रतिको प्रतिज्ञा पनि हो । यी प्रीय शब्दहरूलाई हामीले व्यवहारमा बढी भन्दा बढी लागू गर्नु जरुरी छ ।’

‘फियोर्ड’ को जितले कान्समा तरंग उत्पन्न गर्न थप मद्दत गरिदिएको छ । जबकी ‘द गार्डियन’ मा समीक्षक पिटर ब्राडश ले यस फिल्मलाई मात्र दुई स्टार दिएका थिए । पछिल्लो समय कान्समा लगातार विषयप्रधान फिल्मले आधिपत्य जमाउँदै आएका छन् । त्यसमा पनि अमेरिकन वितरक तथा इन्डिपेन्डेन्ट फिल्म प्रोडक्सन कम्पनी नियोनले ‘फियोर्ड’ सहित कान्समा लगातार सातौं पाल्मे डी’ओर जितको किर्तिमान पनि बनाएको छ । गत वर्ष जाफर पनाहीको ‘इट वाज जस्ट एन् एक्सिडेन्ट’ र सन् २०२४ को विजेता ‘एनोरा’ पनि नियोनकै फिल्म थिए । ‘एनोरा’ ले पछि अस्कारमा पनि उत्कृष्ट फिल्म बनेको थियो ।

त्यसैगरी, दोस्रो स्थानको ‘ग्रान्ड प्रिक्स’ रुसी निर्देशक आन्द्रे ज्भ्यागिन्तसेभको फिल्म ‘मिनोटउर’ ले जितेको छ । क्लाउड चाब्रोलको पुरानो फिल्म ‘द अनफेथफुल वाइफ’ बाट प्रेरित यो फिल्म रुस–युक्रेन युद्धको पृष्ठभूमिमा थ्रीलर जनरामा आधारित छ । फिल्ममा एक रुसी व्यापारी जो आफ्नी श्रीमतीको आफ्नै एक मजदुरसँग अनैतिक सम्बन्ध भएकोमा शंका सँगसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धमा आफ्ना एक सय ५० मजदुर पठाउनुपर्ने जिम्मेवारीबीचको कथा छ । ज्भ्यागिन्तसेभले भने, ‘यो नरसंहार रोक्न सक्ने एक मात्र व्यक्ति तपाईं रुसी राष्ट्रपति हो, यसलाई अन्त्य गर्नुहोस् । सम्पूर्ण विश्व तपाईंको यो कदमको प्रतीक्षा गरिरहेको छ ।’

नौ सदस्यीय निर्णायक मण्डलको नेतृत्व कोरियाली फिल्म निर्देशक पार्क चान–वूकले गरेका थिए । डेमी मूर, क्लोए झाओ र स्टेलन स्कार्सगार्ड पनि निर्णायक थिए । ‘इमानदारीपूर्वक भन्नुपर्दा, म कुनै पनि फिल्मलाई पाम डी’ओर दिन चाहन्नथें, किनभने यो त्यस्तो पुरस्कार हो जुन मैले आफैंले कहिल्यै पाएको छैन,’ चान–वूकले समारोह पछि पत्रकारहरूसँग हाँसो गर्दै भने, ‘तर मसँग अर्को कुनै विकल्प पनि थिएन ।’

त्यसैगरी अन्य प्रमुख पुरस्कारहरूमा सर्वोत्कृष्ट निर्देशकको कान्स यसपटक दुई जनालाई दिइयो । जसमा पोल्याण्डका पावेल पाव्लिकोव्स्कीले ‘फादरल्यान्ड’ का लागि र स्पेनका जाभियर अम्ब्रोस्सी तथा जाभियर काल्भोलाई ‘द ब्ल्याक बल’ का लागि जितेका हुन् । २०१८ मा उनको ‘कोल्डवार’ पछि, पावलिकोव्स्कीले धेरै फिल्महरूमा एउटै कान्स पुरस्कार जितेको यो दोस्रो पटक थियो ।

रिउसुके हामागुचीको ‘अल अफ अ सडन’ का दुई स्टार भर्जिनी एफिरा र ताओ ओकामोटोले उत्कृष्ट अभिनेत्रीको पुरस्कार जित्दा उत्कृष्ट अभिनेताको पुरस्कार ‘कवार्ड’ का दुई स्टार इमानुएल माचिया र भ्यालेन्टिन क्याम्पेनलाई दिइयो । उत्कृष्ट पटकथाको पुरस्कार ‘अ म्यान अफ हिज टाइम’ को लागि इमानुएल मार्रेलाई प्रदान गरिएको थियो । तेस्रो स्थान, जर्मन फिल्मकर्मी भलेस्का ग्रिसेबाखको ‘द ड्रिम्ड एडभेन्चर’ ले पायो । कान्सको क्यामेरा डी’ओर पुरस्कार ‘बेन’इमाना’ लाई दिइयो । 

एपी

Link copied successfully