एसीएम अवार्डमा एला ल्याङ्लीको प्रभुत्व, उनकै ‘चुजि‌ंग टेक्सास’ बन्याे उत्कृष्ट गीत

‘इन्टरटेनर अफ द इयर’ को उपाधी जित्न सफल कोडी जोन्सन नै वर्षको उत्कृष्ट गायक पनि घाेषित भए ।

जेष्ठ ४, २०८३

एपी

Ella Langley dominates ACM Awards, her 'Choosing Texas' wins best song

What you should know

काठमाडौँ — पहिलो एल्बम ‘हङओभर’ रिलिजको दुई वर्ष पनि नबित्दै गायिका एला ल्याङ्लीले ‘कन्ट्री म्युजिक’ मा तहल्का मच्चाएकी छन् । सन् २०२४ मा सिंगल ट्रयाक ‘यु लुक लाईक यु लभ मी’ बाटै चार वटा एकेडेमी अफ कन्ट्री म्युजिक (एसीएम) अवार्ड जितेकी ल्याङ्लीले यस वर्ष पनि एसीएम अवार्डमा पाँचवटा अवार्ड जित्दै आफ्नो वर्चश्व कायम राखेकी छन् ।

आईतबार राती लास भेगासमा सम्पन्न एसीएम अवार्डमा ल्याङ्लीको क्रसओभर हिट ‘चुजि‌ंग टेक्सास’ यसवर्षको ‘सङ अफ द इयर’ बनेको छ । ‘मसँग कुनै शब्द नै छैन, मेरा फ्यानहरूलाई धन्यवाद,’ अवार्ड जितेपछि मन्तव्यका क्रममा ल्याङ्लीले भनिन्, ‘मलाई थाहा छैन, तपाईहरू यस गीतप्रति किन यतिधेरै आशक्त हुनुहुन्छ ? तैपनि यसरी मन पराईदिनु भएकामा सबैलाई धन्यवाद ।’

Ella Langley dominates ACM Awards, her 'Choosing Texas' wins best song

२७ वर्षिया गायिका तथा गीतकार ल्याङ्ली आईतबार साँझ एसीएम अवार्डमा सर्वाधिक व्यस्त रहिन् । वर्षकै उत्कृष्ट गीत घोषणा भएको आधा घन्टा नबित्दै ‘चुजि‌ंग टेक्सास’ ले ‘सिंगल अफ द इयर’ को अवार्ड पनि जित्यो । साथै, वर्षको उत्कृष्ट गायिकाको उपाधीसमेत जित्न सफल भएकी ल्याङ्लीले रिले ग्रीनसँगको युगल गीत ‘डन्ट माइन्ड इफ आई डू’ का लागि समेत वर्षको उत्कृष्ट म्युजिक इभेन्टको अवार्ड हात पारिन् । अवार्ड लिन पटक पटक स्टेज चढेकी गायिकाले चौथो अवार्ड जितिसकेपछिको खुशीमा भावुक हुँदै भनिन्, ‘म हरेक पटक केही भन्न खोज्छु, तर सकिरहेकी छैन । यदि मलाई यति धेरै महिलाहरूको प्रोत्साहन हुँदैनथ्यो भने यहाँ यसरी उभिएकी हुने थिइनँ ।’

Ella Langley dominates ACM Awards, her 'Choosing Texas' wins best song

कन्ट्री म्युजिकका समकालीन गायक/गायिकाको बाक्लो उपस्थिती रहेको एसीएम अवार्ड समारोहको सुरुवात भने पछिल्लो दुई वर्षदेखि ‘इन्टरटेनर’ को अवार्ड जित्न सफल लेनी विल्सनले आफ्ने पछिल्लो सिंगल ‘कान्ट सिट स्टील’ बाट गरेकी थिइन् । यसपटक भने ‘इन्टरटेनर अफ द इयर’ को उपाधी कोडी जोन्सनको पोल्टामा गयो । त्यसो त वर्षको उत्कृष्ट गायकको अवार्ड पनि उनैले जित्न सफल भए ।

त्यसैगरी, पार्कर म्याक्कोलमको आफ्नै नामको एल्बम वर्षको उत्कृष्ट एल्बम घोषित भएको छ भने नव गायिकाको अवार्ड एभरी अन्ना र नव गायकको अवार्ड टकर वेटमोरलाई दिइयो । त्यस्तै जेसी जो डिलोनले लगातार तीन वर्ष नै गीतकारको अवार्ड हत्याउँदै ह्याट्रिक गरिन् । 

अवार्ड समारोहलाई थप रंगीन बनाउन ल्याङ्लीसहित अन्ना, जोन्सन, मिरान्डा ल्याम्बर्ट, थोमस रेट एन्ड रोर्जड ड्याभिस, लिटल बीग टाउन, रिले ग्रीन, पार्कर म्याक्कलम, केन ब्राउनलगायत कलाकारले पर्फम गरेका थिए । 

एपी

Link copied successfully