भिडियोमा कलाकारहरु अस्मिता जुरेली, जुनु कार्की र सौर्य तिरुवा समेटिएका छन्
काठमाडौँ — गायिका इन्दिरा जोशीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । सानुभाइ खड्काको शब्द र राजनराज शिवाकोटीको संगीतमा 'यो शहरमा'बोलको गीत सार्वजनिक भएको हो ।
गीतको भिडियोमा कलाकारहरु अस्मिता जुरेली, जुनु कार्की र सौर्य तिरुवा देखिएका छन् । गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा उनकै कोरियोग्राफी छ । गीतको भिडियोलाई करणले खिचेका हुन् ।
भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।
