‘लालीबजार’को ‘मिठो संसार' सार्वजनिक

यो फिल्म वैशाख १८ मा प्रदर्शनमा आउँदैछ ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

'Sweet World' of 'Lalibazar' unveiled

काठमाडौँ — प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लालीबजार’ को दोस्रो गीत सार्वजनिक भएको छ । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्मको  ‘मिठो संसार'बोलको गीत सार्वजनिक भएको हो । 

समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वरमा निर्माण टिमले फिल्मको 'लिरिकल' गीत बजारमा ल्याएको हो । जयन जे वाइवाको शब्द तथा संगीतमा यो गीत बनेको हो । यसअघि फिल्मको  ‘मायालाई के दिउँ म बैना’बोलको गीतले दर्शकबीच चर्चा बटुलेको छ । 

वैशाख १८ मा प्रदर्शनमा आउने यो फिल्मलाई भने यम थापाले निर्देशन गरेका हुन् । फिल्ममा यमकै कथा छ । फिल्ममा कलाकारहरू स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरवल चौधरी, कुन्टललगायतको अभिनय छ ।

प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको यो फिल्मका निर्माताहरू म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन् ।

कान्तिपुर

Link copied successfully