‘धुरन्धर २’ को कमाइ १ हजार करोड माथि

आदित्य धर निर्देशित स्पाइ थ्रिलर ‘धुरन्धर २’ ले प्रदर्शनको १८औं दिनमै १०१३ करोड भारु संकलन गर्दै ‘बाहुबली २’ लाई कमाइमा पछाडि पारेको छ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

'Dhurandhar 2' earns over Rs 1,000 crore

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर २’ले प्रदर्शनको १८औँ दिनमा बक्स अफिसमा ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।

फिल्म १ हजार करोड क्लबमा प्रवेश गरिसकेको छ । 

आदित्य धरको निर्देशनमा बनेको यो स्पाइ थ्रिलरले भारतीय सिनेमाका दुई ठूला हिट ‘पुष्पा २’ र ‘बाहुबली २’ का रेकर्डहरूलाई समेत चुनौती दिएको छ ।

विशेषगरी प्रदर्शनको १८ औं दिनको कमाइलाई तुलना गर्ने हो भने यसले ‘बाहुबली २’ लाई पछाडि पारेको देखिन्छ । १८औँ दिनमा ‘धुरन्धर २’ ले २८.७५ करोड भारु संकलन गरेको छ ।

त्यही समयमा ‘बाहुबली २’ ले केवल १४ करोड मात्रै कमाएको थियो । १०३० करोडको कुल व्यापार गरेको ‘बाहुबली’लाई उछिन्न अब यसले थप १७ करोड कमाउनु पर्नेछ ।

तेस्रो साताको शुक्रबार र शनिबार व्यापारमा केही सुस्तता देखिए पनि आइतबारको कमाइले फिल्मलाई फेरि चर्चाको शिखरमा पुर्‍याएको छ ।

१८औं दिनसम्म आइपुग्दा फिल्मको कुल कलेक्सन १०१३ करोड भारु पुगिसकेको छ ।

कान्तिपुर

Link copied successfully