बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज

हनुमान जयन्तीको अवसर पारेर बिहान नेपाली समयअनुसार १० बजे ‘वर्ल्ड अफ रामायणा’ नाम युट्युब च्यानलबाट टिजर रिलिज भएको हो ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Teaser of the much-awaited movie 'Ramayana' released

काठमाडौँ — रणवीर कपुर र यश स्टारर फिल्म ‘रामायण’ को ‘रामा’ टिजर रिलिज भएको छ । बहुप्रतिक्षित फिल्मको पहिलो टिजर बिहीबार बिहान ‘रामा’ नाम दिएर रिलिज गरिएको हो । 

नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । 

हनुमान जयन्तीको अवसर पारेर बिहान नेपाली समयअनुसार १० बजे ‘वर्ल्ड अफ रामायणा’ नाम युट्युब च्यानलबाट टिजर  रिलिज भएको हो । रिलिज भएलगत्तै यसले सामाजिक सञ्जालमा तरंग उत्पन्न गरेको छ । रणवीर कपुरको लुक आकर्षक देख्न सकिन्छ । सामाजिक सञ्जालमा उनको लुकलाई लिएर प्रशंसा हुन थालेको छ । 

‘रामायण’ को ‘रामा’ टिजरमा रणवीरलाई मर्यादा पुरुषोत्तम रामको रुपमा दिव्य देख्न सकिन्छ । यस फिल्ममा सीताको चरित्र दक्षिण भारतीय अभिनेत्री साई पल्लवीले निभाएकी छिन् भने रावणको चरित्र ‘रकी’का नामले परिचित यशले निभाउने भएका छन् । यद्यपि टिजरमा यशलाई पछाडिबाट देखाइए पनि उनको मुहार रिभिल भने गरिएको छैन । 

यस्तो छ टिजर 

कान्तिपुर

Link copied successfully