यो नाटक वैशाख १३ सम्म मञ्चन हुनेछ ।
काठमाडौँ — रंगकर्मी सागर खाती कामीको निर्देशनमा बुधबारदेखि मण्डला थिएटरमा नयाँ नाटक मञ्चनमा आउँदैछ । चैत १८ देखि सुरु हुने 'अतिरञ्जन को मनोरञ्जन' वैशाख १३ सम्म मञ्चन हुनेछ ।
नाटकलाई रंगकर्मी संयोग गुरागाईंले लेखेका हुन् ।
नाटकमा ‘अति’ आखिर कहिले ‘अति’ हुन्छ? के अति राम्रो हुनु सधैं राम्रो नै हुन्छ? मनोरञ्जन सीमाभन्दा बाहिर जाँदा त्यसमा सत्य कति बाँकी रहन्छ? भन्ने प्रश्नहरू उठाइएको छ । यसअघि सागरले 'टिकट टू हलिउड' निर्देशन गरेका थिए ।
