चैत २४ देखि छायांकनमा जाने नीता ढुङ्गानाले निर्देशन गर्ने फिल्म 'पार्वती' भदौ १२ मा हलमा प्रदर्शनमा आउने मिति तय गरिएको छ ।
काठमाडौँ — अभिनेत्री नीता ढुङ्गानाले फिल्म ‘पार्वती’को छायांकन सुरु नहुँदै प्रदर्शन मिति तय गरेकी छन् । यही चैत २४ देखि छायांकनमा जाने यो फिल्म भदौ १२ मा प्रदर्शनमा आउने तय गरिएको छ ।
'हामी यहीँ चैत २४ गतेबाट फिल्मको छायांकनमा निस्किदैछौँ। र हामीले वितरक तथा सबैसँगको सल्लाह अनुसार फिल्मलाई आगामी भदौ १२ गतेबाट रिलिज गर्ने घोषणाको तयारीमा पनि छौँ,'उनले भनिन् । निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा प्रदर्शन मिति पनि समावेश गरिएको छ ।
नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण हुने यो फिल्मलाई नीताले नै निर्देशन गर्नेछिन् । फिल्मको प्रमुख भूमिकामा उनी नै देखिँदैछिन् । फिल्ममा नीतासँगै कलाकारहरु दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतको अभिनय रहनेछ ।
शिवम् अधिकारीको कथा, नीताकै पटकथा र संवादमा बन्ने यो फिल्मलाई सुदिप बरालले खिच्नेछन् ।
