'दुःख सुख जिन्दगानी' मा प्रकाश र सुहाना

वैशाख ११ देखि प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को नयाँ गीत सार्वजनिक भएको छ ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Prakash and Suhana in 'Dukh Sukh Zindgani'

काठमाडौँ — वैशाख ११ देखि प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश 'दुःख सुख जिन्दगानी' बोलको गीत सार्वजनिक भएको हो । 

यो गीतमा प्रकाश सपुत र गायिका शान्तिश्री परियारको स्वर छ । गीतको भिडियोमा फिल्ममा मुख्य कलाकारसमेत रहेका प्रकाश अनि सुहाना थापा देखिन्छन् । भिडियोमा दुईलाई दम्पतीका रुपमा चित्रण गरिएको छ ।  गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । 

लक्ष्मण सुनार निर्देशित यो फिल्ममा सुहाना र प्रकाशसँगै सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपानेलगायतको अभियन छ । गुरु प्रसाद मैनालीको कृति ‘परालको आगो’बाट प्रेरित यो फिल्ममा सुशील पोखरेलको लगानी छ। 

कान्तिपुर

Link copied successfully