'आई एम जीतबहादुर'को टिजरमा जीतु

फिल्मलाई असारमा हलसम्म ल्याउने तयारी चलिरहेको छ ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Jeetu in the teaser of 'I Am Jeetha Bahadur'

काठमाडौँ — हास्यकलाकार जीतु नेपाल अभिनीत फिल्म 'आई एम जीतबहादुर'को टिजर सार्वजनिक भएको छ । टिजरमा जीतु नै देखिएका छन् ।

तर, यो जीतु नेपालको बायोग्राफी भने नभएको निर्माण पक्षले जनाएको छ । भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यो फिल्ममा गाउँबाट सहर पुगेको एक युवाको संघर्षको कथा समेटिएको छ । फिल्ममा उनीसँगै फिल्ममा अन्य कलाकारहरु वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाललगायतको अभिनय छ ।  

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्मित फिल्मका  कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् । भारतीय छायांकार अरविन्दले खिचेको यो फिल्म यही असारमा प्रदर्शन गर्ने तयारी छ ।

कान्तिपुर

Link copied successfully