बालेनको नयाँ गीत 'जय महाकाली'

गीतको भिडियो सार्वजनिक गरेको २६ मिनेटमै ७१ हजारभन्दा बढीले हेरिसकेका छन् ।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Balen's new song 'Jai Mahakali'

काठमाडौँ — रास्वपाका संसदीय दलका नेता बालेन शाहले नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नो युट्युब च्यानलबाट उनले 'जय महाकाली'बोलको गीत सार्वजनिक गरेका हुन् । 

उनकै शब्द तथा संगीतमा तयार यो गीतमा उनकै स्वर सुनिन्छ । गीतमा उनले र्‍याप पनि गाएका छन् । 'जय महाकाली, आयो गर्खाली । विश्व जित्छिन् यसपाली,  डराउँदैन यसपाली,'गीतको स्थायीमा उनले गाएका छन्,''जय महाकाली, आयो गोर्खाली । हात-हातमा राँको बाली फैलिन्छ यो नेपाली ।' 

गीतको भिडियोमा उनका चुनावी अभियानका भिडियो क्लिप्सहरू समेटिएका छन् । गीतबाट उनले 'यो पाली घर-घरमा खुशी पुग्नेछ' भन्ने प्रण प्रकट गरेका छन् ।

गीतमा किरण बरालले 'फ्लुट' बजाएका छन् । नेपसेकले रेकर्ड गरेको यो गीतको संगीतलाई फोर्सिल/क्रोनिक बिजले निर्माण गरेका हुन् । गीतको भिडियोलाई बिकेश मगरले सम्पादन गरेका हुन् । भिडियो सार्वजनिक गरेको २६ मिनेटमै ७१ हजार बढीले हेरिसकेका छन् । 

कान्तिपुर

Link copied successfully