छायांकनमा 'बा: एक योद्धा'

हरि लम्सालको लेखन र निर्देशनमा रहेको फिल्मको छायांकन सोमबारदेखि सुरु भएको छ ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

'Baa: A Warrior' in filming

काठमाडौँ — संगीतकार हरि लम्सालको निर्देशनमा नयाँ फिल्म 'बा: एक योद्धा' बन्ने भएको छ । उनकै लेखन र निर्देशनमा बन्ने यो फिल्मको छायांकन सोमबारदेखि सुरु भएको छ । 

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्म सामाजिक कथावस्तुमा बन्ने निर्माण टिमले जनाएको छ  । शिवराम श्रेष्ठले खिच्ने यो फिल्ममा को-कलाकार मुख्य भूमिकाम छन् भनेर अझै खुलाइएको छैन ।

निर्देशक लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर 'कर्मा' बनाएका थिए ।

कान्तिपुर

Link copied successfully