यो फिल्म चैत १३ देखि प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ — चैत १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हामी तीन भाइ’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’बोलको गीत सार्वजनिक भएको हो ।
गायक साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोमा कलाकारहरु फलित राई, जान्वी बस्नेत, कुशल बिष्ट र आश्मा गिरी देखिएका छन् । शक्तिले नै संगीत भरेको यो गीतको रचनाकार सुवलमणि सापकोटा हुन् ।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मलाई मधुसूदन भट्टराईले निर्देशन गरेका हुन् । कमेडी तथा सामाजिक विधामा बनेको यो फिल्ममा विनोद न्यौपाने, कुशल विष्ट र फलित राई तीन दाजुभाइका रुपमा देखिएका छन् ।
अभिनेत्रीहरु लक्ष्मी वर्देवा, आश्मा गिरी र जान्वी बस्नेतको पनि फिल्ममा अभिनय छ । त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता विक्रम तामाङ हुन् । शिवम् अधिकारीले फिल्मको पटकथा तथा संवाद लेखेका हुन् । शिव ढकालको छायांकन रहेको यो फिल्मलाई बनिश शाहले सम्पादन गरेका हुन् ।
