'एक मुठी बादल'को टिजरमा आँचल

यो फिल्म आउँदो जेठ १ देखि प्रदर्शनमा आउँदैछ ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Aanchal in the teaser of 'Ek Muthi Badal'

काठमाडौँ — फिल्म 'एक मुठी बादल: माई सेयर अफ स्काई'को टिजर सार्वजनिक भएको छ । अभिनेत्री आँचल शर्माको मुख्य भूमिकामा तयार यो फिल्मको टिजरमा एक महिला पात्रभित्रको प्रश्न कवितामार्फत प्रस्तुत गरिएको छ । 

निर्माण पक्षले अभिनेत्री शर्माको जन्मदिनको अवसरमा फिल्मको टिजर सार्वजनिक गरेको हो । यो फिल्ममा अभिनेत्री शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायतको अभिनय छ । 

सहारा शर्माको निर्देशनमा बनेको यो फिल्मलाई फिल्म समीक्षक अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा जर्मनीबाट सारा फाजिलात, नेपालबाट सामीप्य राज तिमल्सेना र अनुप पौडेल निर्माताका रुपमा जोडिएका हुन् । लिन्ह डान गुयेन फानले खिचेको यो फिल्ममा गौरव मल्लिकको सम्पादन र जानकी कडायतको भेषभूषा डिजाइन छ । 

अधिकांश महिलाले यो फिल्मको सम्पूर्ण विधामा नेतृत्त्व लिएको छ । गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले मिलेर निर्माण गरेको यो फिल्म २०८३ जेठ १ देखि प्रदर्शनमा आउँदैछ ।

कान्तिपुर

Link copied successfully