‘हुम्लाको लिमी’मा विराज र खुशी

यो फिल्म चैत २७ मा प्रदर्शनमा आउँदैछ ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Joy and happiness in 'Humla's Limi'

काठमाडौँ — प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राम नाम सत्य’मा समावेश नयाँ गीत सार्वजनिक भएको छ । फिल्मको ‘हुम्लाको लिमी’ बोलको गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर छ ।

एसडी योगीको संगीत र मौसम अर्यालको शब्दमा तयार गीतको भिडियोमा भने अभिनेता विराज भट्ट र कलाकार खुशी कार्कीको अभिनय छ ।भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफ गरेका हुन् । गीतमा समावेश दृश्य दैलेखको हो । 

फिल्मलाई माइकल चन्दले निर्देशन गरेका हुन् । निर्देशक चन्दले नै फिल्मको कथा र पटकथा लेखेका हुन् । उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ ।

फिल्ममा अन्य कलाकारहरु सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरीलगायतको अभिनय छ । 

एक्सन विधाको यो फिल्मको यसअघि सार्वजनिक गरिएको ‘धागोले बाटेको’ बोलको गीत दर्शकबीच चर्चित छ । फिल्म चैत २७ मा प्रदर्शनमा आउँदैछ ।

कान्तिपुर

Link copied successfully