सलमानको फिल्म ‘ब्याटल अफ गलवान’को नाम फेरियो, राखियो ‘मातृभूमि’

सलमानको फिल्ममा नयाँ नाम ‘मातृभूमि’ राखिएको छ भने सूरज बडजात्याले आयुष्मान र शरवरीलाई लिएर बनाउँदै गरेको फिल्मको नाम पनि परिवर्तनको तयारी भइरहेको छ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

Salman Khan's film 'Battle of Galwan' renamed to 'Matribhumi'

काठमाडौँ — बलिउड अभिनेता सलमान खान अचेल नयाँ फिल्मको तयारीमा व्यस्त छन् । सुरुमा ‘ब्याटल अफ गलवान’ नाम राखिएको यस फिल्ममा केही दृश्यहरूको छायांकन गरिसकेको छ ।

अब भने निर्माण पक्षले यसको नाम नै परिवर्तन गरिदिएको छ ।

सलमानको यो फिल्मको नयाँ शीर्षक ‘मातृभूमि’ तय गरिएको छ । अन्तिम समयमा फिल्मको नाम बदलिँदा प्रशंसकहरूका लागि यो कुनै सरप्राइजभन्दा कम छैन ।

फिल्मको करिब ४० दिनको ‘रि-सुट’ कार्य भइरहेको छ । चर्चाअनुसार यो फिल्ममा एउटा चिनियाँ गीतसमेत समावेश गरिनेछ ।

यसैबीच, निर्देशक सूरज बडजात्याको नयाँ फिल्मको नाम पनि फेरिने चर्चा चलेको छ । निर्देशक बडजात्या अचेल आयुष्मान खुराना र शरवरी वाघलाई लिएर नयाँ फिल्म बनाइरहेका छन् । जसको नाम सुरुमा ‘ये प्रेम मोल लिया’ राखिएको थियो ।

पछिल्लो रिपोर्टअनुसार यसको नाम परिवर्तन गरेर ‘यह प्रेम मोह माया है’ राख्ने तयारी भइरहेको छ । बलिउड सञ्चारमाध्यमका अनुसार निर्देशकले छिट्टै यसको औपचारिक घोषणा गर्नेछन् ।

फिल्ममा आयुष्मान र शरवरीका साथै शाद रन्धावा, अनुपम खेर, सीमा पाहवा र सुप्रिया पाठकको मुख्य भूमिका रहनेछ । ‘उचाइ’पछि महावीर जैन र सूरज बडजात्याको यो दोस्रो सहकार्य हो ।

यस फिल्मलाई राजश्री प्रोडक्सन, महावीर जैन फिल्म्स र अनिता गुरनानीले संयुक्त रूपमा निर्माण गरिरहेका छन् ।

कान्तिपुर

Link copied successfully