फिल्म आगामी चैत १३ बाट प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ — फिल्म 'हामी तीन भाइ'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा तीन दाजुभाईबीच अंशबण्डाले ल्याएको कलहको विषय समेटिएको छ ।
ट्रेलरमा देखिए अनुसार फिल्ममा कलाकारहरु विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई तीन दाजुभाइको भूमिकामा देखिएका छन् ।
फिल्ममा अन्य कलाकारमा लक्ष्मी बर्देवा, आश्मा गिरी, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, सुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनलगायतको अभिनय छ ।
शिवम् अधिकारीको कथामा तयार भएको यो फिल्मका निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् । विक्रम तामाङ कार्यकारी निर्माता रहेको यो फिल्मका फिल्ममा शिव ढकालको छायांकन छ । बनिश शाहले सम्पादन गरेको फिल्ममा साप शक्ति, बाबुल गिरीको संगीत, रेनिश फागोको रंग संयोजन छ ।
फिल्मलाई नेसनल सिने ग्रुपले वितरण गर्दैछ । यो फिल्म आगामी चैत १३ बाट प्रदर्शनमा आउँदैछ ।
