फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन् ।
काठमाडौँ — फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ । राजेन्द्र बस्नेत निर्देशित यो फिल्मको छायांकन थालेको २१ दिनमा सकिएको निर्माण पक्षले जनाएको छ ।
निर्माण पक्षका अनुसार फिल्मको छायांकन धनकुटा, सुनसरीको चतहरा, बराह क्षेत्रमा गरिएको हो । फिल्ममा कलाकारहरु जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, विरेन्द्रसिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटालगायतको अभिनय छ ।
कर्णबहादुर फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्ममा किरण दाहालको द्वन्द्व निर्देशन र दिप्सन लिम्बूको संगीत छ । फिल्मका निर्माता बालकुमार राई हुन् । यो फिल्म कुन मितिमा प्रदर्शनमा आउँछ त्यसबारे अहिले खुलाइसकेको छैन ।
