अस्कर २०२६ : 'वान ब्याटल आफ्टर अनादर' को पोल्टामा 'बेस्ट फिल्म'सहित ६ अवार्ड

'वान ब्याटल आफ्टर अनादर' ले 'बेस्ट फिल्म'सँगै 'बेस्ट कास्टिङ', 'बेस्ट एड्याप्टेड स्क्रिनप्ले', 'बेस्ट फिल्म इडिटिङ', 'बेस्ट डिरेक्टर' र 'बेस्ट सपोर्टिङ एक्टर'को अवार्ड जित्न सफल भएको हो ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

Oscars 2026: 'One Battle After Another' wins 6 awards, including 'Best Film'

What you should know

काठमाडौँ — अस्कर २०२६ मा 'वान ब्याटल आफ्टर अनादर' ले उत्कृष्ट फिल्मसहित ६ वटा अवार्ड जितेको छ । त्यस्तै 'सिनर्स'ले ४, 'फ्रान्केन्स्टाइन'ले २ र 'के-पप डिमन हन्टर्स'ले २ वटा अवार्ड हात पारेका छन् । 

उत्कृष्ट फिल्मको मनोनयनमा 'वान ब्याटल आफ्टर अनादर'सहित १० वटा फिल्म थिए । 'वान ब्याटल आफ्टर अनादर' ले 'बेस्ट फिल्म'सँगै 'बेस्ट कास्टिङ', 'बेस्ट एड्याप्टेड स्क्रिनप्ले', 'बेस्ट फिल्म इडिटिङ', 'बेस्ट डिरेक्टर' र 'बेस्ट सपोर्टिङ एक्टर'को अवार्ड जित्न सफल भएको हो । फिल्मका निर्देशक पल टमस एन्डरसनले उत्कृष्ट निर्देशकको अवार्ड जिते । फिल्ममा लियोनार्दो डी क्याप्रियो, सिन पेन, रेगिना हललगायतको अभिनय रहेको छ । यसै फिल्मबाट सिन पेनले बेस्ट सपोर्टिङ एक्टरको अवार्डसमेत जिते । यो फिल्म १३ विधामा मनोनयनमा परेको थियो । 

Oscars 2026: 'One Battle After Another' wins 6 awards, including 'Best Film' 

समाचार संस्था रोयटर्सका अनुसार यो फिल्म अमेरिकी उपन्यासकार टमस पिन्चोनको उपन्यास 'भाइनल्यान्ड' बाट प्रेरित छ । यसले आप्रवासन, जातीय सम्बन्धलगायतका विषयलाई आफ्नो विषयवस्तु बनाएको छ । अपहरणमा परेकी आफ्नी छोरीलाई बचाउन गरेको एक पूर्वक्रान्तिकारी व्यक्तिको संघर्ष फिल्मा देखाइएको छ । फिल्मको कथा त्यही क्रान्तिकारी व्यक्ति बब फर्गुसन(डी क्याप्रियो) को वरिपरि घुम्छ ।

ऊ पहिले राजनीतिक आन्दोलनमा सक्रिय थियो, तर अहिले शान्त जीवन बिताइरहेको हुन्छ । एक दिन उसको छोरी अचानक हराउँछे । त्यसपछि उसले आफ्ना पुराना साथीहरू र शत्रुहरू भएको संसारमा फेरि प्रवेश गर्नुपर्छ । छोरीलाई बचाउन खोज्दा उसले आफ्नो पुरानो राजनीतिक संघर्ष,सत्ता र पैसाको प्रभाव,समाजका अन्याय र भ्रष्ट प्रणाली जस्ता कुराहरूसँग फेरि सामना गर्छ । अन्ततः कथा बुबा र छोरीको सम्बन्ध, पुरानो संघर्षको परिणाम, र समाजमा भइरहेको शक्ति-संघर्ष वरिपरि केन्द्रित हुन्छ ।

अस्करमा कसले के जिते ?

बेस्ट सपोर्टिङ एक्ट्रेस

एमी माडिगन, विपन्स

बेस्ट एनिमेटेड फिचर फिल्म

के-पप डिमन हन्टर्स

बेस्ट एनिमेटेड सर्ट फिल्म

द गर्ल हु क्राइड पर्ल्स

बेस्ट कस्ट्युम डिजाइन

फ्रान्केन्स्टाइन(केट हले)

बेस्ट मेकअप एन्ड हेयरस्टाइल

फ्रान्केन्स्टाइन

बेस्ट कास्टिङ

वान ब्याटल आफ्टर अनादर(कासान्द्रा कुलुकुन्दिस)

बेस्ट लाइभ एक्सन सर्ट फिल्म

द सिंगर्स र टु पिपल एक्स्चेन्जिङ सालिभा(संयुक्त रूपमा)

बेस्ट सपोर्टिङ एक्टर

सिन पेन, वान ब्याटल आफ्टर अनादर

बेस्ट एड्याप्टेड स्क्रिनप्ले

वान ब्याटल आफ्टर अनादर(पल टमस एन्डर्सन)

बेस्ट ओरिजिनल स्क्रिनप्ले

सिनर्स(र्‍यान कुगलर)

बेस्ट प्रडक्सन डिजाइन

फ्रान्केन्स्टाइन

बेस्ट भिजुअल इफेक्ट्स

अवतार : फायर एन्ड एस

बेस्ट डक्युमेन्ट्री सर्ट फिल्म

अल द इम्प्टी रूम्स

बेस्ट ओरिजिनल स्कोर

सिनर्स(लड्विग गोरान्सन)

बेस्ट साउन्ड

एफ वान

बेस्ट फिल्म इडिटिङ

वान ब्याटल आफ्टर अनादर

बेस्ट सिनेमेटोग्राफी 

सिनर्स

कान्तिपुर

Link copied successfully