‘मितज्यू’को प्रदर्शन जेठ ८ मा

यो फिल्म यसअघि जेठ १५ मा आउने तय गरिएको थियो ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

'Mitajyu' to be performed on Jestha 8

काठमाडौँ — फिल्म ‘मितज्यू’को प्रदर्शन मिति सरेको छ । आगामी जेठ १५ मा प्रदर्शन गर्ने भनिएको यो फिल्म जेठ ८ मै हलमा लाग्ने निर्माण टिमले जनाएको छ ।

निर्माण टिमले फिल्मको नयाँ प्रदर्शन मितिसहित दोस्रो पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा अभिनेता दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर र शिशिर वाङ्देल देखिन्छन्। विशेषगरी सौगात मल्ल भने पोस्टरमा भिन्न अवतारमा प्रस्तुत भएका छन्।

अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ, सौगात, तेरिया र शिशिरसँगै पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर र अनुशा राईलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको छायांकन शिशिर बिशंखेले गरेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका छन्। फिल्ममा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ।

कान्तिपुर

Link copied successfully