वसन्त निरौलाले निर्देशन गर्ने यो फिल्ममा महिला कलाकारहरु दीपाश्री निरौला र जनी गुरुङ रहनेछन् ।
काठमाडौँ — फिल्म ‘पाँच पाण्डव’को छायांकन सुरु भएको छ । सोमबार झापाको काँकडभिट्टामा फिल्मको शुभ-मुहूर्त गर्दै छायांकन सुरु गरिएको निर्माण टिमले जनाएको छ ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुने यो फिल्ममा कलाकारहरु हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले)लगायतको अभिनय रहनेछ । फिल्ममा यी पाँच कलाकारले ‘पाँच पाण्डव’को भूमिकामा अभिनय गर्नेछन् । सामाजिक कथामा आधारित रहने यो फिल्ममा पाँच पाण्डवको बिम्बमार्फत समाजको कथा समेटिनेछ ।
वसन्त निरौलाले निर्देशन गर्ने यो फिल्ममा महिला कलाकारहरु दीपाश्री निरौला र जनी गुरुङ रहनेछन् । सुशील पौडेलले कथा, पटकथा तथा संवाद रहेको यो फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । काली रानी श्रेष्ठ फिल्मको निर्माता हुन् ।
फिल्मलाई श्याम तामाङले खिच्नेछन् ।
