‘महाराजा’को सिक्वेल बन्ने चर्चा, सेतुपति रहलान् ?

दर्शकहरूले पहिलो फिल्ममा सेतुपति र अनुराग कश्यपको अभिनय मन पराएपछि दुवैलाई पुनः एकसाथ पर्दामा देख्न चाहेका छन् ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

There is talk of a sequel to 'Maharaja', will Sethupati remain?

काठमाडौँ — दक्षिण भारतीय अभिनेता विजय सेतुपतिको क्रेज भारतमात्र नभई नेपालमा पनि उत्तिकै छ । 

फिल्म प्रदर्शनअघि नै दर्शकमाझ चर्चामा रहने सेतुपतिका फिल्महरूले बक्स अफिसमा मात्र नभई ओटिटी  प्लेटफर्ममा पनि राम्रो प्रतिक्रिया पाउने गरेका छन् ।

सन् २०२४ मा रिलिज भएको उनको फिल्म ‘महाराजा’ले बक्स अफिसमा गरेको कीर्तिमानी कमाइले धेरैलाई चकित पारेको थियो । 

यसैबीच, ‘महाराजा’ को सिक्वेल निर्माण हुने चर्चा चुलिएको छ । यसै सन्दर्भमा  सेतुपतिले हालै एक अन्तर्वार्तामा फिल्मको स्क्रिप्टबारे खुलासा गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूसँगको कुराकानीमा विजय सेतुपतिले भने, ‘निर्देशक निथिलान सामीनाथनले ‘महाराजा २’ को स्क्रिप्ट तयार गरिसक्नुभएको छ । म यो सुन्नका लागि निकै उत्साहित छु ।’

यो भनाइले उनी फिल्ममा रहने सम्भावनालाई बलियो बनाएको छ । यद्यपि, पहिलो भागमा सेतुपतिसँगै मुख्य भूमिकामा देखिएका अनुराग कश्यपको उपस्थितिबारे भने हालसम्म केही खुलाइएको छैन ।

‘महाराजा’ को पहिलो भागमा उनीहरूको अभिनयले दर्शकको मन जितेको थियो । त्यसैले प्रशंसकहरू यी दुईको जोडी फेरि पर्दामा देख्न आतुर छन्।

करिब ३० करोडको बजेटमा बनेको ‘महाराजा’ ले विश्वभर १ सय ९० करोडभन्दा बढीको व्यापार गरेको थियो । 

कान्तिपुर

Link copied successfully