चर्चामा स्वस्तिमा र समाइराको नृत्य

यम थापा निर्देशित यो फिल्म वैशाख १८ देखि प्रदर्शनमा आउँदैछ ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Swastima and Samaira's dance is in the news

What you should know

काठमाडौँ — कोही देश दौडहामा दडिन्छ, कोही सांगेतिक कार्यक्रम गर्दै हिँड्छ । कोही फिल्ममा भएको गीतमाथि 'कभर डान्स' प्रतियोगिता आयोजना गर्छन् त कोही दर्शकलाई चिठ्ठी लेख्न लगाउँछन् । कसैले त 'कभर गीत'को प्रतिस्पर्धा गर्दै ठूलो उपहार रकम नै घोषणा गर्छन् ।

जे होस्, फिल्म प्रचारका लागि नेपाली फिल्मकर्मीले पनि अनेकन तिगडम अपनाउँदै आएका छन् । फेरि हलसम्म दर्शक तान्न प्रचारको समयमा उनीहरुको ध्यान पनि फिल्मतर्फ तान्नै पर्‍यो । त्यसैले पनि फिल्म प्रदर्शन हुनुअघि प्रचारका लागि नेपाली फिल्मकर्मीले नयाँ-नयाँ उपाय अपनाउँदै आएका छन् । 

दुई दिनअघि मात्रै ‘लालीबजार’को टिमले पनि नयाँ तरिकाले फिल्मको प्रचार गर्‍यो । फिल्मको नयाँ गीत 'मायालाई के दिउँ म बैना' बोलको गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का अचानक मञ्चतिर उक्लन थालिन् । त्यसअघि हलको पर्दामा फिल्मको गीत बजाइएको थियो । गीतको बीच्चैमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का आएर कम्मर मर्काउन थालिन् । बाल कलाकार समाइरा थापाले पनि स्वस्तिमालाई मञ्चमा साथ दिइन् । अहिले यी दुईले नाचेको यही भिडियो सामाजिक सञ्जालतिर चर्चित छ । कतिले गीतमाथि कम्मर मर्काउँदै टिकटक भिडियो पनि बनाएका छन् । 

यही गीतको भिडियोमा भने स्वस्तिमा, समाइरासँगै रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा देखिएका छन् । गीतको यो भिडियोलाई प्रदीप लामाले कोरियोग्राफ गरेका हुन् । दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेकोका शब्द रमेश बिजीले लेखेका हुन् । यही वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । षट्कोण आर्टसले निर्माण गरेको यो फिल्मको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । 

गीतको भिडियोलाई युट्युबमा ७ लाख बढीले हेरिसकेका छन् । फिल्मको यो पहिलो गीत र प्रचारको शैलीको दर्शकको ध्यान कत्तिको तान्यो होला त ? त्यो त फिल्म प्रदर्शनपछि नै थाहा हुने कुरा हो ।

कान्तिपुर

Link copied successfully