विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जिरो डिग्री’को छायाङ्कन सुरु

सडक सञ्जालले नछोएको गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान फर्किन नआउँदासम्म शव सुरक्षित राख्न ‘डीप फ्रिज’ ल्याउने कथामा फिल्म केन्द्रित छ ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Filming of the film 'Zero Degree' starring Vijay Baral begins

काठमाडौँ — फिल्म ‘जिरो डिग्री’को छायाँकन सुरु भएको छ ।पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी फिल्मको पहिलो शटमा कलाकार प्रकाश घिमिरे, विजय बराल, राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका छन् ।

अर्मलाकोटबाट सुरु भएको छायाङ्कन कास्कीकै धिताल गाउँका विभिन्न स्थानमा हुने निर्माण पक्षले जनाएको छ । 

सडक सञ्जालको सहज पहुँच नभएको एक विकट गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नफर्कुन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा सिर्जना हुने परिस्थिति र त्यसले निम्त्याउने रमाइला घटनाक्रममा फिल्मको कथा केन्द्रित छ । 

फिल्मलाई आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशन गर्दैछन् । 

फिल्ममा विजय बराल, सनिशा भट्टराई, वसुन्धरा भुसाल र रमेश बुढाथोकीको मुख्य भूमिका रहेको छ ।

साथै प्रकाश घिमिरे, लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतका कलाकारको अभिनय रहनेछ ।

कान्तिपुर

Link copied successfully