फिल्म चैत २७ देखि प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ — फिल्म ‘राम नाम सत्य’को टिजर सार्वजनिक भएको छ । टिजर एक्सन दृश्यले भरिएको छ । माइकल चन्दको निर्देशनमा बनेको यो फिल्ममा अभिनेता विराज भट्ट मुख्य भूमिकामा देखिँदैछन् ।
फिल्मको टिजरमा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार देखिएका छन् । यो फिल्म चैत २७ देखि प्रदर्शनमा आउँदैछ ।
माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवा अन्सारीको संगीत छ । फिल्ममा निर्देशक माइकलकै कथा र पटकथा छ । पटकथामा उनलाई अभिमन्यू निरवी र समय थपलियाले साथ दिएका छन् । मानकृष्ण महर्जनले खिचेको यो फिल्ममा श्री श्रेष्ठको एक्सन र बन्दे प्रसादको सम्पादन छ । फिल्मको ‘धागोले बाटेको’ बोलको गीतलाई अत्यधिक दर्शकले रुचाइदिएका छन् ।
यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।
