नाटक चैत ११ सम्म मञ्चन हुनेछ ।
काठमाडौँ — युवा रंगकर्मी मिलन कार्कीको निर्देशनमा मण्डला थिएटरमा 'चरणदास चोर' मञ्चनमा आएको छ । चर्चित भारतीय रंगकर्मी हबीब तनवीर लिखित यो नाटकलाई राजन खतिवडा र आशान्त शर्माले रुपान्तरण गरेका हुन् ।
फागुन २८ देखि चैत ११ सम्म मञ्चन हुने नाटकमा कलाकारहरु विश्व विजय विक, विनय पन्त, विनिता गिरी, अनुष्का कार्की, लक्ष्मण खत्री, जितन राई, पार्वता भुसाल, दुर्गा पौडेल, सरिता नेपाली, टेकबहादुर खाती, रिजन थिङ लामा, प्रबल जोशी, अर्मन शाही, मणिराज घले, ओजश लामा, मनिला राना मगर, सांकेनमा राई, रचना पाण्डेय, गिरिश रत्न शाक्य, योदिश न्यौपाने, सर्फराज अधिकारी, भरत बुढा र सक्षम कोइरालको अभिनय छ ।
![Play 'Charandas Chor' at Mandala [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/entertainment/dramacharandashchormandalathetre20260312dsc4349-1332026022319-1000x0.jpg&w=1001&h=0)