चुनावपछि हलमा नयाँ फिल्म 'लालिमा'

यो फिल्मले पहिलो दिन देशभरबाट ६० भन्दा बढी साे पाएको छ ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

New film 'Lalima' to hit theaters after election

काठमाडौँ — प्रतिनिधि सभा निर्वाचनबीच नयाँ नेपाली फिल्म हलमा लागेन ।

निर्वाचनअघि जुन फिल्म प्रदर्शनमा आएका थिए, तिनै फिल्म नै हलमा लागिरहेका थिए। तर, अब भने नयाँ नेपाली फिल्म प्रदर्शनमा आउने भएको छ । 

फागुन २९ देखि 'लालिमा' शीर्षकको फिल्म प्रदर्शनमा आउँदैछ । यौन व्यवसायीको कथामा आधारित यो फिल्मको बुकिङ पनि खुला गरिएको छ । निर्माण पक्षका अनुसार यो फिल्मले पहिलो दिन देशभरबाट ६० भन्दाबढी साे पाएको छ । 

रंगकर्मी रोश्नी कार्की फिल्मको मुख्य भूमिकामा देखिँदैछिन् । उनीसँगै यो फिल्ममा कलाकारहरु जीवन भट्टराई, नायिका उषा रजक, शिशिर वाङदेल, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललको अभिनय छ ।

फिल्मलाई रोशन मिराजले निर्देशन गरेका हुन् । 

कान्तिपुर

Link copied successfully