आमिर खान प्रोडक्सनको नयाँ फिल्म ‘एक दिन’ आउँदै, कस्तो छ ट्रेलर ?

आमिर खान प्रोडक्सनको फिल्म ‘एक दिन’मा जुनैद खान र साई पल्लवीको रोचक केमेस्ट्री देखिने ट्रेलर बुधबार सार्वजनिक गरिएको छ ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Aamir Khan Productions' new film 'Ek Din' is coming, how is the trailer?

काठमाडौँ — आमिर खान प्रोडक्सनले आगामी फिल्म ‘एक दिन’को ट्रेलर बुधबार सार्वजनिक गर्यो । फिल्ममा जुनैद खान र साई पल्लवी मुख्य भूमिकामा देखिएका छन् ।

ट्रेलरले दर्शकलाई एउटा शान्त र जादुयी प्रेम कथाको संसारमा लैजान्छ ।  ट्रेलरमा जुनैद खानले एक 'फर्च्युन बेल' (भाग्यको घन्टी) को बारेमा बताउँदै उक्त घन्टी बजाउँदा साँचो प्रेम मिल्ने विश्वास व्यक्त गर्छन् ।

घन्टी बजाउँदै गर्दा उनले साई पल्लवीको पात्र 'मीरा' तर्फ हेरेर उनी आफ्नी हुनुपर्ने कामना गर्छन् । जुनैदले आफूलाई कम्तिमा एकदिनका लागि भए पनि त्यो प्रेम मिलोस् भन्ने इच्छा राखेका देखिन्छन् ।

फिल्ममा जुनैद एक सोझा र लजालु युवकको भूमिकामा छन् । साई पल्लवी आत्मविश्वासले भरिएकी र शान्त पात्रको रूपमा देखिएकी छन् ।

दुई पात्रबीचको यो विरोधाभासले उनीहरूको केमेस्ट्रीलाई अझ रोचक र जीवन्त बनाएको छ । साई पल्लवीको यो पहिलो हिन्दी फिल्म हो । 

यस फिल्ममार्फत लामो समयपछि आमिर खान र फिल्म निर्माता मन्सूर खान पुनः सहकार्य गर्दैछन् । हिन्दी सिनेमामा यो जोडीलाई 'कयामत से कयामत तक', 'जो जिता वही सिकन्दर', 'अकेले हम अकेले तुम' र 'जाने तू... या जाने ना' जस्ता कालजयी फिल्मका लागि चिनिन्छ । 

सुनील पाण्डेद्वारा निर्देशित यस फिल्मका निर्माता आमिर खान, मन्सूर खान र अपर्णा पुरोहित हुन् । फिल्म १ मे २०२६ मा रिलिज हुँदैछ । 

कान्तिपुर

Link copied successfully