फिल्ममा नाजिर हुसैनदेखि गौरव पहारीको अभिनय रहनेछ ।
काठमाडौँ — नयाँ फिल्म 'मुक्तिपुर' बन्ने भएको छ । निर्माण पक्षले फिल्मको शुभ मुहूर्त गर्दै मंगलबारबाटै छायांकन थालेको हो ।
सुनिल पाण्डेको निर्देशनमा बन्ने यो फिल्ममा कलाकारहरुनाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेतीको मुख्य भूमिका छ । लघु फिल्म र वृत्तचित्र निर्देशन गरिसकेका पाण्डेको यो फिचरमा डेब्यू निर्देशन हो । फिल्मको कथा निर्देशक पाण्डेले नै लेखेका हुन् ।
फिल्म अध्यापन गराउँदै आएको संस्था एभरेष्ट एकेडेमीले यो फिल्मलाई निर्माण गर्ने भएको हो । फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशक, सरद महतोको छायांकन रहनेछ ।
क्राइम विधामा बन्ने यो फिल्ममा बदलाको कथा रहने जनाइएको छ । ४० दिनको छायांकन तालिकासहित छायांकनमा निस्किएको यो फिल्मको निर्माण पक्षले प्रदर्शन मिति भने अहिले नै सार्वजनिक गरिसकेको छैन ।
