फिल्म आगामी चैत १३ देखि प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ — फिल्म ‘हामी तीन भाइ’को टिजर सार्वजनिक भएको छ । टिजरमा तीन भाइको कथा केन्द्रमा छ । मधुसुधन भट्टराई निर्देशित फिल्मको टिजरमा कलाकारहरु विनोद न्यौपाने,लक्ष्मी बर्देवा, कुशल विष्ट, फलित राई, राजाराम पौडेल, रविन्द्र झालगायत देखिएका छन् । सामाजिक कथामा आधारित यो फिल्मलाई प्रसिद्धि सिने आर्ट्सको ब्यानारमा निर्माण गरिएको हो ।
शिवम् अधिकारीले यो फिल्मको पटकथा तथा संवाद लेखेका हुन् । शिव ढकालले छायांकन गरेको यो फिल्मको सम्पदान वनिश शाहले गरेका हुन् । फिल्ममा साप शक्ति, बाबुल गिरीको संगीत, मुकेश शाहको ध्वनि, रेनिश फागोको रंग संयोजन छ ।
फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलले गरेका छन् भने प्रचार साम्रगी आइडियल डिजाइनर्सले तयार पारेको हो । आगामी चैत १३ देखि प्रदर्शनमा आउने यो फिल्मलाई नेशनल सिने ग्रुपले वितरण गर्दैछ । केही समयअगाडि मात्रै निर्माण पक्षले फिल्मको ‘मैले जति दुःख, पीडा ,कष्ट पा'को भए’ बोलको लिरिकल गीत सार्वजनिक गरेको थियो ।
