अरशद वारसीले अक्षय कुमारसँग छिट्टै नयाँ फिल्ममा काम गर्ने बताउँदै फिल्मको औपचारिक घोषणा चाँडै हुने जानकारी दिएका छन् ।
काठमाडौँ — बलिउडको सफल कमेडी फ्रेन्चाइजमध्येको एक हो 'गोलमाल' । यो फिल्म फेरि पर्दामा फर्किने तयारीमा रहेको अनुमान दर्शकहरूले गरिरहेका छन् ।
कारण अभिनेता अरशद वारसीले अक्षय कुमारसँग नयाँ प्रोजेक्टमा काम गर्न लागेको खुलासा गरेपछि प्रशंसकहरूले ‘गोलमाल ५’को अनुमान गरेका हुन् ।
अरशदले हालै एक अन्तर्वार्तामा आफू अक्षय कुमारसँग नयाँ फिल्ममा देखिन लागेको पुष्टि गरेका हुन् । यो फिल्म निकै रमाइलो हुने र चाँडै नै आधिकारिक घोषणा गरिने उनले बताएका छन् ।
रोहित शेट्टीको निर्देशनमा बन्ने 'गोलमाल' सिरिजका यसअघिका सबै भाग बक्स अफिसमा हिट छन् । भारतीय कमेडी फिल्मको परिभाषा नै बदलेको यो फ्रेन्चाइजको पाँचौँ भागका लागि दर्शकहरू लामो समयदेखि पर्खाइमा थिए ।
यद्यपि, यो नयाँ प्रोजेक्ट 'गोलमाल ५' नै हो या अन्य कुनै फिल्म, भन्नेबारे निर्माता वा निर्देशक रोहित शेट्टीले आधिकारिक जानकारी दिएका छैनन् ।
